तस्विरहरूमा इटहरी रथ यात्रा

सुनसरी / श्री कृष्णजन्मा अष्टमीको भोलिपल्ट देशका विभिन्न स्थामा निकालीने रथ यात्रा सुनसरीको ईटहरीमा पनि १५आैँ संस्करण आज विधिवत् रुपमा निकालीएको छ । आज दिनको ३ बजे बाट ईटहरी ६ मा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथ यात्रा ईटहरीको मुख्य बजार क्षेत्र हुँदै पश्चीममा ट्राफिक चौक उत्तरमा पुर्वि प्रितना भएर पुर्व मोरगंको सिमाना बुढी खोला सम्म पुगेर पुन राधाकृष्ण मन्दिरमा ल्याई समाप्त गरीएको छ ।

रथ यात्राको दर्शन गर्न हजारौँको संख्यामा सर्वसाधारणको उपस्थिती भएका थिए । ईटहरी राधाकृष्ण मन्दिरले वि.सं २०६१ साल देखी निरन्तर रथ यात्रा भब्यरुपमा मनाउन थालेको मन्दीरका अध्यक्ष विश्व रिजालले वताउनु भएको छ । सुनसरीको ईटहरीमा निकालीने रथ यात्रा लाई निकै महत्वको साथ हृरनिे गरीएको छ । यसैगरी धरान , दुहवी र ईनरुवामा पनि आजको दिन रथ यात्रा निकालिने गरीन्छ ।

प्रतिक्रिया

सम्बन्धित