ईटहरीमै भेटियो बुढासुब्बा, दर्शनार्थीहरुको घुँईचो (तस्विर हरुसहित)

ईटहरी । बुढासुब्बा मन्दिर भन्ने बित्तिकै मानिसहरुमा एक किसिमको श्रद्धाभाव उत्पन्न हुन्छ । बुढासुब्बालाई सम्झिए मात्र पनि धेरै मनोकाँक्षा पुरा हुन्छ भन्ने जनबिश्वास रहेको छ । सुनससरीको धरानमा रहेको बुढासुब्बा त धेरैलाई थाह छ तर सुनससरीको ईटहरी उपमहानगरपालिका २ मा पनि बुढासुब्बा मन्दिर छ भन्ने धेरै कम मानिसहरुलाई थाह छ ।

ईटहरी २ तालतलैयाको छेऊमा रहेको बुढासुब्बा मन्दिरमा पछिल्लो समय दर्शनार्थीहरुको घुँईचो लाग्न थालेको छ । बि.स २०५५ सालदेखि सो स्थानमा बुढासुब्बाको मन्दिर स्थापना भएको हो । सो मन्दिरमा पुजापाठ गर्दा,भाकल गर्दा मनोकाँक्षा पुरा हुने जनबिश्वास बढेको छ ।

यसरी स्थापना भयो बुढासुब्बा मन्दिर

सो स्थानमा बुढासुब्बा उत्रिएको स्थानीयले थाह पाएपछि स्थानीय बासीहरुले पुजापाठ शुरु गरे । पछि जनबिश्वास बढदै गयो । स्थानीयले नगरपालिका गुहारे । त्यसपछि नगरपालिकाले टिन र स्थानीय सामुदायिक बन समुहले काठ दिएपछि सो मन्दिर निर्माण गरिएको पुजारी डम्बरबहादुर मगर बताउँछन । हाल सो मन्दिरमा औँसी र एकादशी बाहेक हरेक दिन पुजा गर्नेको भिड हुने गरेको छ ।

सो मन्दिरमा छोराछोरी नहुने,बिदेशमा भएकाहरु र कुनै काम पुरा होस भनि भाकल गर्नेको भिड नै लाग्ने गरेको छ । सोही मन्दिरमा भाकल गर्दा मनोकाँक्षा पुरा समेत हुने गरेको पुजारी मगर बताउँछन । सोही मन्दिरमा सुँगुर,कुखुरा लगायत दुईखुट्टे र चार खुट्टे पशु चौपाया भाकल गरी चढाउने गरिएको मगर बताउँछन ।

बाँसघारीमा प्रेमीप्रेमिकाको नाम

धरानको बुढासुब्बामा झै ईटहरीको बुढासुब्बामा पनि टुप्पो बिनाको बाँसको घारी नै रहेको छ । सोही बाँसमा प्रेमीप्रेमिकाहरुले प्रेम सफल रहोस भनी बाँसमा नाम समेत खोप्ने गरेका छन । सोही मन्दिरले धरानको बुढासुब्बा मन्दिरको झल्को मात्र दिँदैन,सोही स्थानलाई समेत बिर्साउने गरेको छ । नजिकै रहेको तालतलैयाको सुन्दरताले अझ सो मन्दिरको शोभा बढाईदिएको छ ।

सहयोगको अपेक्षा

बुढासुब्बा मन्दिरलाई ब्यबस्थित बनाउन रकम अपुग भएको र यसमा उपमहानगर सहित सम्बन्धित पक्षले ध्यान दिए र सहयोग गरे यो ठाँउ पनि आन्तरिक र बाह्य पर्यटक मात्र नभएर धार्मिक आस्था राख्नेहरुका लागी समेत महत्वपुर्ण गनतब्य हुने पुजारी मगर बताउँछन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित