छथर सुक्रबारे धार्मिक पर्यटन मेला (तस्विरहरू)

तेह्रथुम / पर्यटकीय सुन्दरताले भरिपुर्ण तेह्रथुमको छथर सुक्रबारेमा धार्मिक पर्यटन मेला २०७५ भब्य रुपमा सम्पन्न भएको छ । बिभीन्न धर्मलम्बीहरु ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौ पुर्णीमाको अबसरमा आ आफ्ना भेषभेषामा सजीदै मेलामा रमाए थिए । पुर्बकै मुख्य पर्यटकहरुको केन्द्रको रुपमा चिरपरिचित मार्गपोखरीमा धामीहरु भदौ पुर्णिमाको अघिल्लो दिन गुफा बसी भोलीपल्ट छथरको सुक्रबारे बजारमा आफ्नो कला पर्दशन गरेका थिए ।

तेह्रथुम,धनकुटा पाँचथर लगायका स्थानबाट आएका करिब तिन दर्जन बढी धामीहरु मेलामा रमाएका थिए । मेलाको उद्धघाटन प्रदेश नम्बर १ का आर्थीक मामिला तथा योजना मँन्त्री ईन्द्र बहादुर आङबोले गर्नु भएको थियो । मेलामा सहभागी धामीहरुलाई मन्त्री आङबोले खादा लगाएर सम्मान गर्नु भएको थियो । छथरलाई पर्यटनको मुख्य गन्तब्यको रपमा बिकास गर्न छथर गाउँपालिकाले गतबर्ष देखी नै पर्यटन बिकासमा लगानी गर्दै आएको प्रमुख सन्तोष तिगेलाले बताउनु भयो ।

यहाँका ऐतिहाँसिक स्थलहरुमो संरक्षणका साथै सम्भवना बोकेका स्थानहरुलाई पहिचान गरी सफल पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न गाउँपालिकाले योजना बनाई रहेको प्रबक्ता राजन नेपालीले बताउनु भयो छथरको एैतिहाँसिक मेलाको पहिचानको रुपमा धामीहरुले भरिने मेला भर्न पुर्बका बिभीन्न जिल्लाहरुबाट पर्यटकहरु बर्षेनी भित्रीन्दै आएको छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित