बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै केश मुण्डन ! (तस्विरहरू सहित)

काठमाडौं / बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन् । संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल रहेका छन् ।

पत्रकार सम्मेलनमा कपाल मुण्डन सरकारलाई बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको कानून बनाउन दबाब दिने अभियान भएको बताइन् । भदौ २ गते माईतीघर मण्डलामा पेटिकोट लाएर प्रदर्शन गरेका अधिकारकर्मीले नयाँ नयाँ तरिकाले आन्दोलन गरिरहेको छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित