संखुवासभा वानामा ६० वर्षपछि हिलेजात्रा (तस्विरहरू सहित)

संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका वानामा भव्यताका साथ हिलेजात्रा मनाइएको छ । जिल्लाकै निकै पुरानो नेवार समुदायको बसोबास रहेको वानामा ६० वर्षपछि चार वर्ष अघिदेखि हिले जात्रा सुरु गरिएको छ । पहिले जात्राकै अवसरमा गरिएका कार्यक्रममा विभिन्न समस्या भएपछि जात्रा पर्व बन्द गरिएको थियो । तर संकृति संरक्षणका लागि युवाहरु एकजुट बनेपछि २०७१ सालबाट जात्रा सुरु गरिएको कार्यक्रमका सल्लाहकार विष्णु श्रेष्ठले बताए ।

यहाँ प्रस्तुत गरिने लाखे नेपालकै उत्कष्ठ लाखे नाचको रुपमा लिइन्छ । विगत वर्षहरुमा विभिन्न जिल्लामा गरिएका राष्ट्रिय लाखेनाच प्रतियोगितामा यहाँका लाखेले पटकपटक विजेता हासिल गरिसकेको छ । जात्रामा चेतनामुलक नाटक, ठाकठुके नाच, मारुनी नाच लगायत नृत्य प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रमलाई थप आकर्षक बनाउन जादुगर महादेव त्रिपाठीको उपस्थिति रहेको थियो । उनले दर्शकहरुलाई विभिन्न प्रकारका जादु देखाएका थिए । राष्ट्रिय भावनाका गीतमा नृत्य गरेका उनले दर्शकको वाहाईवाईती पाएका थिए । जिल्लाका खाँदबारी, तुम्लिङटार, मानेभञ्ज्याङ, चैनपुर, खराङ, मुढे, सिभुवा र बाह्रबिसे बजारमा पनि हिले जात्रा भव्यताका साथ मनाइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित