ताप्लेजुङ रोपाई जात्रामा जे देखियाे (तस्विरहरू सहित)

ताप्लेजुङ / नेवार संस्कृतिबाट सुरु भएको परम्परागत रोपाई जात्रा ताप्लेजुङमा समेत धुमधामका साथ मनाईएको छ । सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो असारे रोपाईको झल्को दिने गरि रोपाई जात्रा निकालिएको छ ।

पञ्चे बाजाको धुनमा असारे भाका लगाउँदै जात्रामा ठुलो संख्यामा स्थानीयबासी तथा गाउँगाउँबाट जात्रा हेर्न आएकाहरु सहभागी थिए । स्थानीय नेवार समुदायको अगुवाईमा आयोजित रोपाई जात्रा बजारका विभिन्न चौकहरुमा प्रर्दशन गरिएको थियो । विशेष गरि नेवार समुदायले मात्रै मनाउँदै आएको गाई जात्रा साथै रोपाई जात्रामा ताप्लेजुङमा भने अन्य जातजातीको समेत सहभागिता बढ्दै गएको छ ।

यस अघि हिजो निकालिएको गाई जात्रा तथा लाखे नाचमा समेत नेवार सहित राई, लिम्बु, गुरुङ, क्षेत्रि, बाहुन लगायतका समुदायको सहभागीता थियो भने रोपाई जात्रामा समेत सवै समुदायको उल्लेखिय सहभागीता थियो । विशेष गरि नेपालका पश्चिमी जिल्लाहरुमा मनाईने यो जात्रा पुर्वका जिल्लामा समेत धुमधामका साथ मनाउन थालिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित