ताप्लेजुङमा यसरी मनाइयाे गाईजात्रा ( तस्विरहरू सहित)

ताप्लेजुङ / नेवार समुदायको कमै मात्र बसोबास रहेको ताप्लेजुङमा पनि गाईजात्रा पर्व धुमधामका साथ मनाईएको छ । एक वर्ष भित्र दिवंगत भएका आफन्तको सम्झनामा लाखे नाँच सहित ख्याग निकालेर गाईजात्रा पर्व मनाईएको हो । नेपाल भाषा तथा सँस्कृति समाजको आयोजनामा निकालिएको ख्याग र लाखेनाच सहित फुङलिङ बजार परिक्रमा गरिएको थियो । एक वर्षको अवधिमा दिवंगत भएका हिमाल श्रेष्ठ, काजीबहादुर श्रेष्ठ, नरमाया श्रेष्ठ र बीरबहादुर श्रेष्ठको ख्याग निकालिएको आयोजक संस्थाका अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

रामायणको झल्को दिने गरि प्रत्येक मृतकको सम्झानामा पाँच पाण्डव, गाईको स्वरुपमा पञ्चकन्या निस्किएका थिए भने स्मृति गान समेत गाईएको थियो । यसरी ख्याग सहित परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले बैकुण्ठमा बास पाउने तथा उनिहरुको आत्माले शान्ति पाउने जन विस्वास रहेको छ ।

गाइजात्राको कार्यक्रममा नेवार सहित राई, लिम्बु, गुरुङ, क्षेत्रि, बाहुन, शेर्पा लगायत सबै जातजाती तथा समुदायका मासिसहरु सहभागी रहेका थिए । यस अघिका वर्षहरुमा प्राय नेवार समुदायको मात्रै सहभागीता हुने गरे पनि यो वर्ष भने सवै जातजाती तथा समुदायको सहभागीता देखिएको हो । मुलुकका अन्य क्षेत्रको तुलनामा ताप्लेजुङमा कमै मात्र नेवार समुदाय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित