ओझेलमा प्राकृतिक सुन्दरताले भरिपुर्ण माेरङकाे बाघझोडा ( ३५ तस्विरहरू)

मोरङ । मोरङको सुन्दरहरैचास्थित खोर्सानेमा रहेको प्राकृतिक सुन्दरताले भरिपुर्ण बाघझोडा क्षेत्र पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रशस्तै पर्यटकीय सम्भावना बोकेको सो क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्दा र प्रचारप्रसार नहुँदा सो क्षेत्र ओझेलमा परेको स्थानीय गुनासो गर्छन । सो क्षेत्रमा रहेको पोखरीको सफाई गरी जलबिहारको ब्यबस्था मिलईएपनि प्रचारप्रसार नहुँदा सो क्षेत्रमा पर्यटक नै पुग्दैनन ।

सुन्दरहरैचाको खोर्साने चौकदेखि ५ सय मिटर उत्तरमा रहेको सुन्दर र मनोरम सो क्षेत्रमा पोखरी,बिभिन्न मन्दिर र रमणीय स्थानहरु रहेका छन । तरपनि संरक्षण र प्रचारसारको अभावमा सो क्षेत्र बत्तिमुनिको अध्यारो झै बनेको छ ।

बाघझोडा पोखरी यतिखेर थुप्रै प्राकृतिक सुन्दरता चहानेहरुका लागी गन्तब्य स्थलका रुपमा बिकास भईरहेको छ ।चारकोशे झाडीको मुखबाट २ सय मिटर पुर्बमा रमणीय बाघझोडा पोखरी अबस्थित रहेको छ । बि.स २०३६ साल अघिसम्म चारकोशे बन क्षेत्रमै जोडिएको यो क्षेत्रमा बाघ पाईने भएकोले यस क्षेत्रको नाम नै बाघझोडा रहेको जानकारहरु बताउँछन । त्यस बेला बाक्लो पाईने बाघ बढदो मानबबस्ति र बनबिनाश सँगै दुर्लभ भएको छ ।

यस ठाँउमा परापुर्बकालमा खेत खन्दा युद्धमा सिपाहीहरुले प्रयोग गर्ने कवज र तरबारहरु समेत फेला परेको र फेला परेका सामाग्रीहरु हालपनि धनकुटा संग्राहलयमा संरक्षित रुपमा रहेको जानकारहरु बताउँछन । डाँडाकाँडा झै होचो अग्लो भुभागहरु यस क्षेत्रमा रहेका कारण यो क्षेत्र रमणीय त छँदैछ त्यसमाथि पहाडी र तराई क्षेत्रका बिभिन्न जडिबुटिहरु समेत यस क्षेत्रमा रहेका छन । यस क्षेत्रमा पानीको मुल हुनुका साथै बिभिन्न प्रजातिका चराचुरुङगी समेत देख्न सकिन्छ ।यो झोडा क्षेत्र भएकोले पहाड र तराई दुबै क्षेत्रको मौसमको अनुभब यहाँ गर्न सकिन्छ । यसै क्षेत्रमा उम्रिएको पानीले पोखरी सिमसारको समेत रुप लिएको छ ।

यस क्षेत्रमा प्रबेशका लागी किराँत साकेला थानको प्रबेशद्धार रहेको छ । यहाँ बिश्रामघर,फलैचा,मन्दिर समेत रहेका छन । बाटोमा तारघेरा गरिएपनि संरक्षण अभाबमा पोखरीको केही भाग पुरिएको अबस्थामा रहेको छ । हरेक बर्ष बैशाख १५ मा धिमालहरुको यहाँ मेला लाग्ने गरेको छ । सुकुना सामुदायिक बन र धार्मिक बन पनि पर्ने यो क्षेत्रमा बिगत पाँच बर्षदेखी बनभोजका लागी मानिसहरुले उपयुत्त स्थानका रुपमा रोजिरहेका छन ।

करिब १ सय ५० बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षेत्र हाल बढदो मानबबस्ती र पुर्नबासको सरकारी योजनाले साँघुरिदै गएको छ । पछिल्लो समय हरेक हिसाबले समुन्नत,सबल,सक्षम र सभ्य बन्दै गएको सुन्दरहरैचा नगरपालिका लगायत स्थानीयको उचित ब्यबस्थापनको अभावका कारण यो क्षेत्र बत्तिमुनिको अध्यारो बनेको छ । तारघेरा गरी यस क्षेत्रमा रहेका भौतिक संरचनाहरुको संरक्षण गर्न सके यो क्षेत्र निकै मनमोहक छ तरपनि संरक्षण अभाबमा यो क्षेत्र ओझेलमा परिरहेको छ । तस्विरः मणिराम दाहाल

प्रतिक्रिया

सम्बन्धित