संखुवासभा सदरमुकाम खाँदबारी देखि अरुण तेस्रो प्रवेश मार्ग सम्म (२५ तस्बीरहरु)

संखुवासभा / सदरमुकाम खाँदबारी नगरपालिकाको छिमेकी चिचिला गाउँपालिका हो । संघीय संरचना अनुसार साबिक दिदिङ र मत्यपोखरी गाबिसबाट चिचिला गाउँपालिका बनाइएको छ । ९ ओटा वडा रहेको दिदिङ अहिले चिचिला गाउँपालिका १, २ र ३ नम्बर वडा रहेको छ । बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावरहाउस निर्माण स्थल चिचिला ३ पुखुवामा पर्छ ।

त्यहाँसम्म पुग्न गत वर्षदेखि अरुण तेस्रो प्रवेश मार्गको रुपमा खाँदबारी र चिचिलाको सिमानामा पर्ने छ्याङ्कुटी देखि पुखुवासम्मको सडक निर्माण सुरु गरिएको छ । पुखुवा पुग्न अब ९ सय मिटर मात्र सडक निर्माण गर्नुपर्ने छ । तर यसबिचमा सडकले थुप्रै किसानको खेती योग्य जमिन, अन्न बाली र केहिलाई विस्थापित बनाएको छ । सम्बन्धित निकायलाई पटकपटक क्षतिपूर्ति माग गरेको भएपनि सुनुवाई नभएको हामीले थुप्रै पटक सुन्यौं । गत शुक्रबार हामी यसै बिषयमा समाचार संकलनका लागि उतै तिर लाग्यौं । सातादिनको यात्रामा बटुलेका तस्बीरहरु :

प्रतिक्रिया

सम्बन्धित