आहा, लेटाङको प्राकृतिक सुन्दरता ( भर्जिन २३ तस्विरहरू)

लेटाङ । प्राकृतिक सुन्दरताले भरिपुर्ण ठाँउमध्येको एक हो लेटाङ, जहाँ पुग्ने जोकोहीका लागी यहाँका दृश्यले मन्त्रमुग्ध पार्ने गरेको छ । पुर्बपश्चिम लोकमार्ग अन्र्तगत कानेपोखरीदेखि आठ किलोमीटर उत्तरमा पहाडको फेदीमा रहेको सुन्दर लेटाङ बजार पुग्न सकिन्छ । त्याँहा पुग्न बेलबारी बजारदेखि उत्तरतर्फको बुधबारे बजार हुँदै पनि जान सकिन्छ ।

कृषि विकास बैंकको सुविधा सम्पन्न कृषि तालिम केन्द्र, लेटाङ बजारबाट करिब सात किलोमिटर उत्तरमा पर्ने राजारानी पोखरी, जहाँ फुल्ने बिभिन्न प्रजातिका कमल फुल,छेवैमा मन्दिर,अनि रंग बदलिने पोखरी,आसपासमा रहेका सखुवाका रुखमा रहेका सुनाखरीको फूल हेर्न धेरै मानिसहरु त्याँहा पुग्ने गरेका छन । पोखरीको छेवैमा रहेको मगर बस्ती जहाँ सञ्चालित होमस्टेले समेत धेरैको मन लोभ्याएको छ । त्यहि डाँडाबाट तल हेर्दा देखिने लेटाङ,चिसाङ खोला लगायतले पनि लोभ्याउँछ ।

बजार भन्दा अलिकति माथि रहेको गुवाबारी जहाँबाट तराईका बिभिन्न फाँटहरुको समेत अबलोकन गर्न सकिन्छ । बजार बाट केही उत्तरतिर रहेको झोलुंगे पुल जहाँ दैनिक सयौँ आन्तरिक र बाह्य पर्यटकहरु पुगने गर्छन । यी लगायत दर्जनौ स्थानहरु रहेका छन जस्ले मानिसहरुको मन लोभ्याउँछ ।

अहिलेसम्म सरकारी स्वामित्वमै रहेको सो बजारका अधिकांश बासिन्दाहरु सँग जग्गाको धनिपुर्जा छैन । बजारमा बर्षायाम सँगै खानेपानीको समसयाले सताउने गरेको छ । छेउछाउका बस्तिमा हात्तिको आतंक पनि छँदैछ । यहि बिचमा लेटाङको सुन्दरताले भने सबैलाई लोभ्याईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित