दुर्घटना रोक्न डमी मोटरसाईकल !

बेलबारी । अत्याधिक दुर्घटना ग्रस्त क्षेत्रको रुपमा परिचित पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको चिसाङ भाङबारी पुलमा दुर्घटना रोक्न डमी मोटरसाईकल राखिएको छ ।

सोमबार सो क्षेत्रमा सवारी दुर्घटना न्युनीकरण एवम तिव्र गति नियन्त्रणका लागि नेपाल यातायात मजदुर संघको सौजन्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीले मोटर साईकलको डोमि बनाई राखेको छ । डमी राखेपछि दुर्घटना केही हदसम्म कम हुने अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका ईन्चार्ज लिला श्रेष्ठले बताएका छन ।

सो क्षेत्रमा हरेक दैनिक रुपमा दुर्घटना हुने गरेका छन । घुम्ती सडक भएका कारण अत्याधिक गतिमा आएका मोटरसाईकल लगायतका सवारी साधन ट्रनिङ गर्न नसक्दा दुर्घटना हुने गरेको असई श्रेष्ठ बताउँछन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित