नाङ्लो वुनेर आत्मानिर्भर वन्दै हतुवागढीका महिला

भोजपुर / पछिल्लो समय पराम्परागत पेशामा लाग्ने मानिसहरुको संख्या दिनानु दिन घट्दै गएको छ । जसको कारण कतिपय पम्परागत सामग्री निर्माण गर्ने पेशाहरु हराउदै गरिरहेको छ । तर भोजपुरको दक्षिणी भेग हतुवागढी गाउँपालिका –६ होम्ताङ्गकी दया राईले भने आफ्ना वाउवाजे वर्षौ देखि गर्दै आएको पेशा अगालेर निकै राम्रो आमदानी गर्दै आएकी छिन् भने आत्मानिर्भर पनि वनेकी छिन् ।

उनले डोको नाङ्लो वुनेर वेच्ने गरेकी छिन् । उनले तयार गरेको नाङ्लो स्थानिय वजारमा प्रति गोटा तीन सय विक्री गर्दै आएको वताइन् । उनले भनिन् ‘ हाम्रो गाउँ घरमा समयले साथदियो भने हल्का मकै र कोदो फल्छ नत्रभने त्यो पनि हँुदैन हाम्रो जिविकोपार्जन भनेको डोका नाङ्लोे नै हो’
उनले यो पेश वर्षाै देखि गर्दै आएको भए पनि आफ्नो जग्गामा भएको वाँसले नपुग्दा समस्या हुने गरेको वताइन् । तर पछिल्लो समय सगरमाथा विकास संस्थाद्धारा संचालित गरिवी निवारण कोष कार्यक्रम अन्तर्गत ‘हेन्खामा सामुदायिक संस्था’ आवद्ध भएर उनले आफ्नो पेशालाई मतवुद वनाएर लागेको वताइन् । उनले सो सस्थाबाट सस्तो व्याजमा ४० हजार ऋण लिएर काममा अझ तिव्रता दिइरहेकी छिन् ।

उनि भन्छिन् डोको नाङ्लो वुनेर वेच्दा आम्दानी राम्रै छ, तर आफनो वारीमा रहेको वाँसले पुग्दैन अरुकोमा किन्न जादा साहु नै गुहार्नु पथ्र्यो अहिले भने यो सस्था लागेर निकै राम्रो भएको छ । ’

उनले सस्थाबाट लिएको घुम्तीकोषबाट डोको नाङ्लो वुन्न चाहिने सामग्री खरिद गर्ने र अन्य केहि रकमबाट परिवारका अन्य सदस्यलाई कुखुरा र वाख्रापालनमा लगाएकी छिन् । उनको परिवारले वुनेको नाङ्लो स्थानिय वजारमा नै खपत हुने गरेको छ । यसलाई अझ विस्तार गरि अन्य वजारमा समेत लैजाने तयारी गरिरहेको उनको भनाई छ ।

त्यस्तै सोही गाउँपालिका वडा –४ खैराङ्गकी पवित्र राईले डोको, नाङ्लो वुन्ने पेशा गर्दै आएकी छिन् । साधारण लेखपढ गर्न जान्ने उनले पनि यो पेशाबाट राम्रो आम्दानी गरिहेको वताइन् । साधारण परिवारमा जन्मेकी उनले काका रामलालले वुनेको नाङ्गलो वोकेर वेच्न सुन्सरीको चतरा वजार जानु पथ्र्यो । नाङ्गलो वेचेको आधा पैसा ज्यालाको रुपमा दिइन्थ्यो । तर उनले एक दिन काकालाई भनिन् ‘मेरो ज्याला कम भयो अलि वढाइदिनु पर्यो । तर रामलाल काकाले पैसा माग्न लाज लाग्दैन पैसा धेरै थाप्न हातमा सिप हुनु पर्छ ।’ काका त्यस्तो खालको रुखो वचन गरे पछि आफुले पनि नाङ्लो वुन्न सिकेको वताइन् ।

उनि भन्छिन् ‘ काकाले धेरै पैसा कमाउन सीप हुनुपर्छ भन्ने रुखो वचन गरेपछि वुन्न त सिके तर सामग्री किन्ने पैसाको भने निकै गाह्रो भयो, मैले पनि गरीवीनिवारण कोष कार्यक्रम अन्तरगत सामुदायीक संस्थाबाट सस्तो व्याजमा ऋण लिएर निरन्तरता दिएकी छु ।’ उनले गाउँमा गठन भएको खातेन्खा सामुदायीक संस्थामा सदस्य वनेर सस्तो व्याजमा ऋण लिएर काम गरिरहेकी छिन् । सस्थामा आफ्नो नाङ्लो वुन्ने पेशाको योजना पेश गरेपछि पैसा पाएको सुनाईन् । उनले भनिन् ‘यसरी सस्तो व्याजमा पहिलो पटक ऋण लिने अवसर पाएकोमा खुसीको सिमा रहेन । अहिले यही नाङ्गलो वुन्ने व्यावसाय निरन्तरता दिने हिम्मतका साथ लागेकी छु ।’

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित