विश्वकपमा फहरायो नेपालको राष्ट्रिय झण्डा (तस्विरहरू)

झापा / अखिल नेपाल फुटवल संघ (एन्फा)का उपाध्यक्ष पंकज विक्रम नेम्वाङ सहितको टोली विश्वकप फुटवल प्रतियोगिता हेर्न रसिया पुगेको छ । नेपालको राष्ट्रिय झण्डा फहराउँदै विश्वकप हेर्न रसिया पुगेको एन्फाको टोलीले आयोजक रसिया र स्पेनवीच भएको प्रिक्वाटर फाइनल खेल हेरिसकेको छ भने इंग्लाण्ड र कोलम्बियाबीच हुने प्रतियोगिता समेत हेर्ने कार्यक्रम रहेको एन्फाका उपाध्यक्ष नेम्वाङले बताउनुभयो ।

विश्वकप फुटवल प्रतियोगिता हेर्न एन्फा उपाध्यक्ष नेम्वाङसहित दीपक गौतम, टङ्क गजुरेल र विप्लव कोइराला लगायत तीन दर्जन बढी नेपालीहरुको सहभागिता रहेको थियो । लगायत ३८ सदस्यीय टोली रसियामा रहेको बताइएको छ । एन्फा अन्तर्गत काठमाडौं क्लबका प्रतिनिधिसमेत टोलीमा सहभागी रहेको उपाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

रसिया र स्पेनवीच प्रिक्वाटर फाइनल खेल हुँदा रंगशालामा नेपाली मौलिक वाजा मादल बजाइएको र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । रंगशाला भित्रै नेपालको राष्ट्रिय झण्डा र मादल बजाएर नेपाली पनि फुटबलका गतिला ‘फ्यान’ भएको टोलीले पुष्टि गरेको छ ।

सन् १९८६ को विश्वकप छनोटमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो । तीन दशक अगाडिदेखि विश्वकप छनोटमा भाग लिंदै आएको नेपालले सात प्रयासमा छनोटको पहिलो चरण भन्दा अगाडि बढ्न सकेको छैन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित