अाहा हसिना ! ( १० तस्विरहरू)

मोरङ । कुनै समय मोरङको हसिना सिमसारसम्म पुग्न ग्राबेल बाटो मार्फत धेरै कठिनाई थियो । कठिनाईको बिच पनि पुग्दा पर्यटकलाई आकर्षण गर्न कुनै बिशेष कुरा नभएपछि सुनसान बन्ने हसिना अब भने आकर्षित बन्ने भएको छ । सुन्दर हरैचा नगरपालिकाले यस क्षेत्रको पर्यटन प्रबद्र्धनको लागि आबश्यक बजेट नै छुट्याएपछि अब हसिनाले मुहार फेर्ने भएको छ । नगरपालिका भित्र पर्यटनको एक मात्र पहिचानको निम्ती हसिना सिमसारलाई एक करोड बजेट छुट्याएछि हसिनाले अब भने मुहार फेर्ने भएको हो ।

७५ बिगाहमा फैलिएको सिमसार भित्र ४ वटा तलाउ सहित धार्मिक पर्यटनलाई आकर्षित गर्ने बिभिन्न धर्मसँग जोडिएका मान्दिर र जगंली जनावरको आकृति समाबेश गरिएको छ । सिमसारलाई यतिले मात्र आकर्षित नगर्ने भएपछि हसिना सिमसार संरक्षण तथा पर्यटन बिकास संस्थाले नगरपालिकाको बजेट मार्फत अबको एक बर्षभित्र यस क्षेत्रलाई आकर्षित गन्तव्य बनाउने अभियान चलाएको छ ।

संस्था र नगरपालिकाको सहकार्यमा हसिना सिमसार भित्र ५० फिट अग्लो भ्यू टावर निर्माण गर्नेदेखि सिटी सफारी मार्फत जंगल सफारी गराउने योजनाको डिपीआर नगरपालिकाले तयार समेत गरिसकेको छ । साथै ४ वटा तलाउमा बोटिङ संञ्चालन गर्न तलाउको सफाई कार्यलाई तिब्र पारेको छ । सिमसार क्षेत्र भित्र २ वटा झुलुङगे पुल निर्माणको लागि पनि स्थान छनौट गरिएको छ ।

संस्थाले बिद्यार्थीहरुको अध्यानको लागि बिरुवा संम्बन्धि (बोटानिकल) रिसर्च सेन्टर पनि सिमसार भित्र बनाउने भएको छ । यस क्षेत्र बिशेषत बनभोज खान आउनेहरुको लागि परिकल्पना गरिएको हसिना सिमसार संस्थाका सचिव शिव राई बताउछन । अब बनभोज खान आउनेहरुका लागि ५० वटा स्पोट निर्माण गर्ने संस्थाको योजना रहेको उनले बताए ।

अब हसिना सिमसारले काचुलि फेर्ने छ, राईले भने प्रदेश नं. १ को नमुना पर्यटकीय स्थलको रुपमा हामी काम गरिरहेका छौ । सुन्दर हरैचा नगरपालिका स्थित ५ नं. वडामा अवस्थित सिमसारमा बालबालिकाहरुको लागि फन पार्क समेत निर्माण गरिदै छ । पर्यटकको आकर्षणको निम्ती शुरुदेखि रहेको बिशाल डाइनोसर सगसगै बनमान्छे र पाण्डा जनवारका आकृतिहरु निर्माण भैसकेका छन ।नगरपालिकाको सहयोगमा अहिले सिमसार पुग्न बाँसबारीदेखि ५ किलोमिटर लामो बाटो पिच गर्ने काम जारी छ । सिमसार छिर्ने मुख्य गेट पनि निर्माणको अन्तिम चरणमा छ ।

५ नं. वडाका अध्यक्ष राम रिजाल हसिना सिमसार क्षेत्रलाई १ नं प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउछन । रिजालले भने यस सिमसार क्षेत्रलाई पूर्वाञ्चलकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्ने गरी काम गरिरहेका छौँ । अबको एक बर्षभित्र हसिनाले ८० प्रतिशत नयाँ मुहार पाउने उनको भनाई छ ।

हसिनालाई केही वर्षयता नेपाल पर्यटन बोर्डले समेत सो क्षेत्रका लागि बजेट विनियोजन गरी आकर्षक गन्तव्यका रुपमा विकास गरिरहेको छ । यस क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जिल्ला समन्वय समितिको रु ३१ लाखमा कलात्मक पानी ट्यांकी, शान्तिका अग्रदूत बुद्धको जन्मदेखि मृत्युसम्मका विभिन्न अवस्था समेटिएको छ ।

यस सिमसार जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र हो। जंगलको जरुवा पानी उम्रिएर जमेको तलाउ र बाह्रै महिना पलाउने पानीले यहाँका प्राकृतिक पोखरी सँधै भरिभराउ रहन्छ । यस भेगमा विभिन्न प्रकारका वनस्पति र जंगली जीवजन्तुहरू पाइने हुनाले जैविक विविधताको अध्ययन गर्न चाहनेहरूका लागि यो स्थल एउटा पुस्तकालयका रूपमा रहेको देखिन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित