जिउँदो मदन खोज्दै मदन भण्डारी प्रतिष्ठान (फोटोफिचर)

मोरङ । मोरङको उर्लाबारी ३ मंगलबारे स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले मदन भण्डारीको राजनितिक सामजिक तथा पारिवारीका गतिबिधलाई समेटेर संग्राहलय निर्माण गरे सँगै अहिले अबलोकनकर्ताहरुको घुँइचो लाग्न थालेको छ ।


२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटामा मृत्यु भएका भण्डारी जन्मेदेखि मृत्युसम्मका वायोग्राफी तयार गरी बनाईएको संग्रा्रहलयमा एमाले माओवादी लगायतका दलका नेता तथा स्थानीयहरुको घँुईचो लाग्ने गरको छ । संग्राहलयमा जन्मस्थान, डेरा राजनिति गर्दा गरेका भाषणको फोटो पारिवारीक फोटो शिक्षा देखि राजनिति सम्मका घटना क्रमलाई जस्ताको त्यस्तै उतारिएको छ । उनको मृत्यु हँुदा अमर लामाले चलाएको गाडी समेत संग्राहलयमा राखीएको छ । संग्राहलयको बाह्य कक्षमा दुर्घटनामा परेको बा.अ.च ८७९३ नम्बरको जिप राखिएको छ ।

संग्राहलयमा २०१७ सालको फौंजीकान्ड,जननिर्बाचित बिश्वेश्बरप्रसाद कोईरालाको गिरफ्तारी, २०१८मा नेत्र गुरागाँईको हत्या,२०२१मा दुर्गान्नद झाको हत्या,२०२८को झापा बिद्रोह तथा त्यसपछिको कम्युष्टि आन्दोलनको घटनाक्रम र तिनको जानकारी राखीएको छ । तिनतले संग्राहालयमा १६ कोठे कक्ष रहेका छन । पहिलो तलामा मदनको पारीवारीक तथा राजनतिक घट्नाक्रमलाई राखीएको छ भने अन्य तलामा मदन सग समन्धीत श्रब्य तथा दृक्ष्य सामागी्रहरु राखीएका छन । प्रतिष्ठान हाताभित्र मदनको पुर्णकदकको शालिक पुष्पबाटिका तथा बाल उद्यान निर्माण गरीएको छ ।
संग्राहालयमा मदनको ईटहरा स्थित घरमा स्थपना गरीएको तत्कालीन नेकपा मालेका बारेमा समेत जानकारी राखीएका छन । राजनिति गर्दा ईटहरा स्थित मदनले प्रयोग गर्ने साईकल समेत साग्रहालयमा राखीएको मदन भन्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले बताए ।घडी टोपी पेटि चपल लुगी जकेट मोजा जुत्ता रेडियो, भाडाबर्तन, औजार चस्मा कलम डायरी चिठि समेत राखिएको उनले बताए ।


संग्राहलयमा नेकपाका ५ संस्थापक नेताहरुको फोटो सहित पासाङ ल्हामुलाई सगरमाथा आरोहणको सफलताको शुभकाना राखिएको छ । दासढुंगा दुर्घटनामा मृत्यु हँुदाका तस्विर श्रद्धान्जली, समबेदना सन्देस समेत संग्राहालयमा हेर्न सकिन्छ । जनताका बहुदलिय जनबादको पाठशाला समेत निर्माण गरिएको छ । सोधकेन्द्र समेत तयार पारिएकाले हेर्नेको घुँईचो लाग्ने गरेको अध्यक्ष बरालले बताए । जननेता भण्डरीका बिषयमा खोज्ने तथा अनुसन्धान गर्नेहरुका लागी अध्यायन सामाग्री समेत उपल्बध गराईने प्रतिष्ठानका अध्यक्ष बरालले बताए । १० बर्ष समय खर्चेर उत्त सग्रहालय निर्माण गरीएको हो ।

प्रतिक्रिया

सम्बन्धित