तस्बिरमा हेर्नुहोस् भोटो जात्राको रौनक (१० तस्विरहरू)

ललितपुर । मच्छिन्द्रनाथको दुई महिना लामो रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाइने भोटो जात्रा आइतबार सकिएको छ । भोटो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कामु प्रधानन्यायाधीश दीपकराज जोशी र गृहमन्त्री रामबहादुर थापा जावलाखेल पुगेका थिए। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओली, ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि समारोहमा सहभागी थिए।

मणि, मणिका, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन देखाउने प्रचलन छ। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तीलाई खटमा राखेर बाजागाजासहित जावलाखेलबाट बुङ्‌मतीको मच्छिन्द्रबहालमा लगेर विराजमान गराइन्छ।

प्रतिक्रिया

सम्बन्धित