चटयाङकै कारण रित्तिएकाे तेह्थुमको पाँचपाेखरी गाँउ (१३ तस्विरहरू)

ईटहरी । बर्षेनी पर्ने चटयाङका कारण मानिसहरुको मृत्यु भएपछि तेह्थुमको एउटा गाँउ नै रित्तिएको छ । चटयाङका कारण अाजसम्म साे गाँउमा आधादर्जन बढी मानिसहरुको मृत्यु भएको छ भने बाँचेका मानिसहरु समेत अन्यत्र बसाँई सरेका छन । तेह्थुम जिल्लाको लालीगुराँस नगरपालिका १ मा पर्ने पाँचपोखरीमा चटयाङले बर्षेनी मानिसहरुको मृत्यु भएपछि सो ठाँउमा हाल २,३ घर मात्र बाँकी रहेको छ । चटयाङले गतबर्ष मात्र एकैघरका ३ जनाको मृत्यु भयो । आसपासका घरमा बाँचेकाहरु अन्यत्र बसाई सरिसकेका छन ।

सो गाँउ यतिबेला रित्तिएको छ । बर्षायाम सँगै चटयाङले हरेक बर्ष सो गाँउमा मानिसहरु मर्ने गरेका छन । सो ठाँउमा भेटिएका रामबहादुर तामाङका अनुसार पहिले २५ , ३० घर रहेकाे यो गाँउमा अहिले २, ३ घरमात्र छन । आफु कहीँ जाने ठाँउ नभएपछि यहाँ बस्न बाध्य भएकाे उनले बताए । उनले आँखै अगाडी आधादर्जन बढी मानिसहरु चटयाङका कारण मरिसकेका बताए । तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित