अाहा गोकुलम, जहाँ घुम्न होईन रमाऊन जानुहोस् (३० तस्बिरहरू)

भक्तपुरबाट मोरङ आएर यहि हुर्किएका उनी सुन्दर गोकुलमको सपना देख्थे तर उनलाई स्थानीयहरु साथ दिनु त परै जाओस राधेश्याम बहुलायो भनेर नानाथरी कुरा काट्थे । आज त्यहि बगरमा उनले प्रदेश नम्बर १ कै पहिलो र सुन्दर रिसोर्ट सञ्चालन गरेर गतिलो जवाफ फर्काउन सफल भएका छन ।  उनकै कारण कारण केही समय अघिसम्म खोलाको बगरका रुपमा परिचित सो क्षेत्र बलिया क्षेत्रकै आकर्षक र महंगो बन्न पुगेको छ ।

 

सो क्षेत्रमा अहिले १ दर्जन बढी सुबिधासम्पन्न होटलहरु सञ्चालनमा आएका छन । गोकुलम रिसोर्टमा सञ्चालनमा आएका फन पार्कदेखि, धरहरा, ताजमहल, मन्दिर लगायत बालबालिकादेखि बृद्धसम्मलाई समेटने गरी निर्माण गरिएका संरचनाका कारण सो रिसोर्टका दैनिक १ हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्रिने गरेका छन ।

काठमाण्डौको धरहरा ढलेपछि……..

२०७२ सालमा गएको महाबिनाशकारी भुकम्पले काठमाण्डौमा रहेको ९ तले धरहरा ढलेपछि अहिले सम्म उठ्न सकेको छैन । काठमाण्डौको धरहरा ढलेपनि गोकुलम रिसोर्टमा धरहरा ठ्डयाईयो । जस्का कारण राधेश्यामको चर्चा चुलियो । देशभरबाट धरहरा हेर्न आउनेको घुँईचो नै लाग्यो । धरहरा निर्माण गरिएपछि गोकुलम आउने आन्तरिक तथा बाह्य पर्यटकको घुईचो बढेको उनी बताउँछन । राजधानी बाहिर धरहरा नभएको र धरहरा ढल्नु हुन्न धरहरा देशको परिचय हो भन्ने हेतुले धरहरा निर्माण गरेको उनको भनाई छ ।

मन्दिर देखि मस्जिद सम्म

बालबालिकाको लागी फनपार्क मात्र नभएर रिसोर्टमा बृद्धबृद्धाहरुका लागी मन्दिर समेत निर्माण गरिएको छ । उनीहरु मन्दिरमा गएर भजन किर्तन गर्न र मन शान्त बनाउन सकुन भन्ने हेतुले मन्दिर निर्माण गरेको उनी पौडेल बताउँछन । उनले प्रेमीप्रेमिकाहरुलाई लक्षित गरी ताजमहल समेत निर्माण गरेका छन ।

घोडादेखि उँटसम्म

रिसोर्टमा घोडचढी गर्नेहरुका लागी घोडाको ब्यबस्था गरिएको छ भने नेपालमा नपाईने उँट समेत उनले आकर्षणका रुपमा पहिलोपटक रिसोर्टमा भित्रयाएका छन । उनले केही दिनको उँटमा चढेर घुम्ने ब्यबस्था समेत मिलाउने बताएका छन । पोखरीमा निर्माण भईरहेको पानीजहाज आकारको घर समेत निर्माणधिन अबस्थामा रहेको छ ।


PURBELI TV

प्रतिक्रिया

सम्बन्धित