अलैची खेतीमा रमाउँदै सोभितमान

तेह्रथुम  / फागुन जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिका १ आङदिमका शोबितमान श्रेष्ठ बिहानीको उजेली सँगै अलैची बगानमा भेटीने गरेका छन । छिपीन्दो उमेरका श्रेष्ठलाई आफ्नै बगानमा रमाउँनुको मजै बेग्लै भएको सुनाउँछन । उनी सँगेका गाउँका साथीभाई पैसा कमाउन देशप्रदेश लागे उनले भने आफ्नै बारीमा २०४२ सालमा ईलामबाट १ रुपैयाँको दरले बिरुवा खरिद गरेर अलैँची खेती सुरु गरे । श्रेष्ठ सुरुका दिनहरुमा खेतीबाट आम्दानी नहुँदा निक्कै सकस परेको अनुभब सुनाउँछन । २५ सय बिरुवा खरिद गरी १६ रोपनी क्षेत्रफलमा खेती सुरुवात गरेका थिए । परिवारको साथमा रमाउँदै घर नजीकै रहेको बगानमा अलैचीको हेरचाह नै उनको दैनिकी बनेको छ ।

अलैँची व्यवसाय थालेका उनले पहिलो उत्पादनमै ३ मन बिक्री गरेका थिए । उनले भने, ‘आम्दानी राम्रो हुने देखेपछि थप अलैँची विस्तारमा लागेँ, विस्तारसँगै आम्दानी बढ्दै गयो ।’अलैँची उत्पादन राम्रो आम्दानी हुन थाले पछि अन्नबाली मासेर खेतीलाई बिस्तार गर्दै आएका उनले ३ बर्ष अघीमा मात्र अलैची बेचेर ९ लाख रुपैयाँ आम्दानी लिएका थिए । परिवार चलाउन समस्या खेप्दै आएका उनले खेतीलाई ब्याबशायिक बनाए सँगै राहात मिलेको बताए । उनले बगैचामा रामशाही गोलशाही र डम्बरशाही जातका अलैची खेती गर्दै आएका छन । उनका जेठा छोरा रेवतकुमार श्रेष्ठले बि.ए.माइृला छोरा चन्द्र बहादुर श्रेष्ठ एस.एल.सी.कान्छा छोरा गनिन्द्र श्रेष्ठले मास्टर्स गरेका छन । त्यस्तै जेठी छोरी सकुन्तला श्रेष्ठले पनी मास्टर्स अध्यायन गरेका छन ।

परिवार चलाउन र छोराछोरी पढाउन साहुकोमा हात माग्न जानु परेन । उनले खेती गर्दै आएका अलैची खेतीबाट आएको आम्दानीले नै धान्दै आएको उनले बताए । खेतीमा बिभीन्न रोगका कारण बर्षेनी हैरानी खेप्नु परेको पिडा भने उनलाई छँदैछ । अलैचीमा डढुवा,गानो कुहिने। ज्ुरजुरे लगायका रोगले सताउने गरेको उनले बताए । रोग नियन्त्रणका लागी बिभीन्न ठाँउँहरुमा सल्लाह र परामर्शका लागी पुगे पनी रोगको लागी औषधी नपाएको गनासो गरे । श्रेष्ठले १२ सम्म अलैची उत्पादन गर्दै आएका छन । यस बर्ष मुल्य नभए पनी ३० हजार मनको दर बिक्री गरी २ लाख ५० हजार रुपैयाँको अलैची बिक्री गरेका छन । अलैैची बिक्रीबाटै आएको आम्दानीबाट धनकुटाको सिधुवा बजारमा १६ लाख बराबरको घडेरी किनेका छन । छोराछोरी लाखापाखा लागे म बगानलाई स्याहार गर्दै आएको छुु उनले भने ।

घरखर्च घडेरीका साथमा उनले ५० रोपनी जमिन किनी बगानलाई बिस्तार गरेका छन । श्रेष्ठले खेतीबाट आम्दानी मात्र लिएनन् नेपालको ईलाम पशुपती नगर,फिक्कल लगायतको स्थानहरु घुम्ने मौका पाएका थिए । खेतीलाई बिस्तार सँगै आगामी बर्ष २० मन उत्पादन गर्ने लक्ष्य बोकेका उनले बगानमा अझै बिरुवा रोप्दै आएका छन । गाउँकै उदाहरणको रुपमा रहेको उनको बगान रहेको छ । प्रयाप्त पानीको श्रोत भएकाले खेती गर्न खासै समस्या नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित