युएस बंगलाको विमान दुर्घटनाका २३ बंगलादेशीको शव जसले दुनियाँ रुवायाे ( तस्विरहरू)

काठमाडौं । युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशीको शव आज बंगलादेश लगिएको छ। आज दिउँसो साढे १ बजे बंगलादेशी सेनाको विमानले उनीहरुको शव लगेको हो। तीन बंगलादेशीको शव सनाखत हुन सकेको छैन। ती शव त्रिवि शिक्षण अस्पतालमै छ। सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा २६ ब‌ंगलादेशीको मृत्यु भएको थियो। उक्त दुर्घटनामा परी चीनका एक, माल्दिभ्सका एक र २१ नेपालीको मृत्यु भएको थियो। विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए।

पति गुमाएकी एकहप्ता पछि युएस बंगला विमानको क्याप्टेनकी श्रीमतीमाथि थपियो अर्को वज्रपात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा क्याप्टेन अविद सुल्तानले ज्यान गुमाएको एक हप्ता पछि उनकी पत्नी अफसना खनामलाई पनि ‘ब्रेन स्ट्रोक’ भएको छ । अफसनालाई विहान ४ बजे बंगलादेशको उत्तरास्थित नीजि निवासमा ‘ब्रेन स्ट्रोक’भएको उनका आफन्तजनहरुले जनाएका छन् ।

आफन्तहरुको भनाई अनुसार उनलाई ढाकाको अरारगाउँस्थीत नेशनल इन्स्टीच्युट अफ न्युरोसाइन्स एण्ड हस्पिटलमा भर्ना गरिएको छ । डाक्टरहरुले बिहान सात बजे उनको शल्यक्रिया गरेको बङ्लादेशी समाचारपत्र डेली स्टारले लेखेको छ । पाइलट अविद सुल्तान र उनका चारै जना क्याविन सदस्यहरुको यु।एस।–बङ्ला विमान दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा २२ नेपाली ,२६ बंगलादेशी नागरिक र एक चिनियाँ नागरिकको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित