तेल ट्याङ्करमा आगलागी, दुईको मृत्यु, ३० पसल जले

अफगानिस्तान, २२ फागुन / अफगानिस्तानका नान्र्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबादमा मङ्गलबार बिहान तेल बोकेको एक ट्याङ्करमा आगलागी हुँदा कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।

प्रान्तीय सरकारका प्रवक्ता आत्ताउल्लाह खोगीआनीले सो जानकारी दिनुभएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे सो घटना भएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानमा आतङ्ककारी समूहले बारुदी सुरुङ्ग राख्न लागिरहेका समयमा उक्त सुरुङ्ग अकस्मात विस्फोट हुदाँ यो दुर्घटना भएको जनाइएको छ । यस तेल ट्याङ्कर आगलागीका कारण नजिकै रहेका ३० वटा पसल पनि जलेको बताइएको छ । यस दुर्घटनाको अनुसन्धान शुरु गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित