होलीमा यसरी झुमे ताप्लेजुङका युवायुवतीहरु (तस्विरहरू सहित)


ताप्लेजुङ, १७ फागनु ।  फागुन शुक्ल पुर्णिमाका दिन मनाईने होली पर्व ताप्लेजुङमा पनि हर्षउल्लासका साथ मनाईएको छ । सदरमुकाम फुङलिङमा दिनभर जसो विभिन्न समुह बनाएर बालबालिका र युवायुवतीले एक आपसमा रंग दलेर यो पर्व मनाएका छन् । जिल्लाका गाउँगाउँमा समेत मानिसहरु अविर र रंग सहित जम्मा भएर होली मनाएका छन् ।

यहाँ रहेका पर्यटकिय क्षेत्रहरु सिद्धिडाँडा, सुकेटार लगायतका ठाउँमा दिनभर जसो ठुलो जमघट भएको थियो । गाउँगाउँबाट समेत होली मनाउन सदरमुकाम आएका युवायुवतीहरुले रंग सहित शुभकामना आदानप्रदान गरे । वसन्त रितुको आगमन संगै उल्लासका साथ मनाईने यस पर्वमा एक आपसमा रंग दलेर प्रेम र सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।

रंगको पर्व भनेर चिनिने यो पर्वलाई विशेष गरि युवायुवतीले निकै हर्षउल्लासका साथ मनाउने गर्छन् । केही वर्ष अघि सम्म तराईमा मात्र होलीको रौनक देखिने गरे पनि पछिल्लो समय पहाडी क्षेत्रमा पनि यो पर्वलाई विशेष रुपमा मनाउने गरिएको पाईएको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित