मनाङमा भारी हिमपात (तस्विरहरू सहित)

मनाङ, २३ माघ / मनाङमा आज साँझदेखि भारी हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ । करिब एक फिटसम्म हिउँ जमेको छ । माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको र तीव्र गतिमा हावाहुरी चलेको चामेका स्थानीयबासी धावा छिरिङ गुरुङले जानकारी दिनुभयो ।

मनाङ भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक भने हिमपातमा रमाइरहेका छन् । गत वर्षको हिउँदयाममा एक पटकमात्र हिमपात भए पनि यस वर्ष भने एकै महिनामा दुई पटक हिमपात भएको छ । गतवर्षको तुलनामा यसवर्ष अत्यधिक चिसोसमेत बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धालाई समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित