भाउन्ने जंगलमा कुद्दै गरेको मारुती भ्यान आगलागी (तस्विरहरू)

मोरङको बेलबारी १० भाउन्ने जंगलमा कुद्दै गरेको मारुती भ्यानमा आगलागी भएको छ । पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को १ च २७५८ नम्बरको मारुतीमा अचानक आगलागी भएको जनाईएको छ ।

दिँउसो १.४५ बजे सेतो रङको मारुतीमा अचानक आगलागी भएको थियो । पुरानो र पेट्रोल गाडी भएका कारण आगलागी भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन । आगलागीका कारण मारुती जलेर खरानी भएको छ । सो मारुती कस्को हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित