धनुषा जीप दुर्घटना : ६ को मृत्यु (१० तस्विर)

काठमाण्डौबाट झापा तर्फ आँउदै गरेको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्तहामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दुर्घटनामा पाँच जना घाइते छन् । झापातर्फ आँउदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो बिहान २.३० बजेतिर सडकनजिकै पोखरीमा खसेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रविण धितालले जानकारी दिएका छन ।

मृत्यु हुनेहरूमा संखुवासभा धर्मदेवी–९ का २९ वर्षीय नयराज जिमी, मोरङ विराटनगर–४ की ४५ वर्षीया शारदा रेग्मी दाहाल, विराटनगर–१ का प्रह्लाद न्यौपाने, खोटाङ निर्मलडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङ लेटाङ– ८ का ४० वर्षीय खेमकुमार रानामगर र पाँचथर रविकी प्रणीता राई रहेको धितालले बताए । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अनियन्त्रित गतिका कारण जीप दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित