ताप्लेजुङमा हिमपात सुरु (तस्विरहरू सहित)

ताप्लेजुङ, ११ माघ । पुर्वि पहाडी जिल्ला ताप्लेजुङमा हिमपात सुरु भएको छ । बुधबार दिउँसो भएको सामान्य वर्षा संगै हिमपात भएको हो । उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याव्ला, फले लगायतका वस्तिमा बाक्लो हिमपात भएको छ भने प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपात भए संगै जिल्ला भर चिसो बढेको छ । २५ सय मिटर भन्दा माथी रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोको बढि प्रभावमा परेका छन् भने सामान्यतया जिल्लाभर नै तुलनात्मक रुपमा चिसो बढेको स्थानीयले बताएका छन् । पाथीभरा मन्दिरमा समेत बाक्लो हिउँ परेको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ परे पनि मन्दिर जान आउन तिर्थयात्रीलाई धेरै कठिन भएको छैन ।

हिउँ परे संगै हिउँमा रमाउन चाहाने स्थानीय मानिसहरु सुकेटार हुँदै पाथीभरा मन्दिर सम्मको भ्रमणमा निस्कन थालेको समेत स्थानीय ईन्द्रनारायण भटराईले जानकारी दिनुभयो । गएका वर्षहरुको तुलनामा यो वर्ष ताप्लेजुङमा ढिला गरि हिमपात भएको हो । गएका वर्षहरुमा कार्तिक मंसिर देखि नै हिउँ पर्ने गथ्र्यो ।

प्रतिक्रिया

सम्बन्धित