तस्विरहरूमा संखुवासभा दुर्घटना

संखुवासभा ।  सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभान तर्फ गएको बा ५ च १३०९ नं. को जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ५ जनाको मृत्यु भएको छ । पाथीभरा हेदांनाका सुरेश राईको पनि मृत्यु भएको छ भने ३ जनाको सनाखत हुन बाँकी छ । जीप सडकबाट ८ सय मिटर तल अरुण नदीको बगरमा खसेको हो ।

प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटना आज १२ बजे भएको थियो । भुकम्प पुनर्निमाण प्राधिकरणका कर्मचारी सहित गएको टोली दुर्घटनामा परेको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । गाडी कसरी दुर्घटना भयो भन्ने बिषयमा जानकारी आएको छैन । उक्त गाडी काठमाण्डाैबाट गएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका कर्मचारीको टोली पनि सवार थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित