हलेसी बजार आगलागी (तस्विरहरू)

खोटाङ , १८ पुस । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले अहिले उग्र रुप लिदा पुरै बजार प्रभाबित बनाएको छ ।
आगोले राईका घर नजिकका अन्य छिमेकि हरू उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राई लगायतको घर नष्ट भइसकेको छ । घरमा रहेका ग्याँसमा समेत आगोले भेट्दा ग्याँसका सिलिण्डर पड्किरहेकाले आगो नियन्त्रण गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रण गर्न नसके पछी रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दमकल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

दिक्तेलबाट हिँडेको दमकल कम्तीमा दुई घण्टापछि मात्र हलेसी पुग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ। बजारको एरिया भाएकोले घर हरू बाकलो हुने भएकाले आगोले क्षेती अरु हुन सक्ने बताईएको छ । आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको जनाइएको छ ।

तस्विरः सामाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित