होटलमा भाँडा माझनेदेखि सकरात्मक सोचका अभियन्तासम्म कसरी बने बुद्धि तामाङ ?

सञ्चारमाध्यायमहरु बाट अलिक गुमनाम बुद्धि तामाङ को नाम सुन्दा नाक खुम्चाउनेको संख्या नै ठुलो छ । सञ्चारमाध्यायममा खासै नाम नभएकै कारण उनी कुशल तालिम प्रशिक्षक र सकरात्मक सोचका अभियन्ता हुन भन्ने थोरैलाई मात्र थाहा छ । अमेरिका, थाईल्याण्ड, भारत, बंगलादेश, युके नेपालका ६० बढी जिल्लाहरु साथमा नेपालका सांसद ,न्यायलय, सिटीभिटी, एनजिओ, आईएनजिओ लगायत दर्जनौ सरकारी निकायमा कुशल तालिम प्रशिक्षकका रुपमा ख्याती कमाईसकेका तामाङ बिशेषगरी, मोटिभेसनल, लिडरसिप र पुर्बीय दर्शन अन्र्तगत क्षेत्रीय आर्य सभ्यताभित्र रहेर सकरात्मक सोचको बिकास कसरी भन्ने बिषयमा लामो समय सम्मको खोज र अनुसन्धानबाट आफैले तयार पारेको एउटा प्याकेज मानिसहरुको परम्परागत सोच बदलेर सकरात्मक सोचको बिकास गर्न काफी रहेको छ ।

बढी समय भारत लगायतका मुलुकमा खोज र अनुसन्धानमै बिताएका तामाङले बिभिन्न एनजिओ र आईएनजिओमा समेत आफनो महत्वपुर्ण सिकाई ब्यतित गरेका छन । सेभ द चिल्ड्रेन, सगुन नामको एनजिओ, परिवार नियोजन संघको एउटा प्रोजेक्टमा काम गरेको अनुभव उनीसँग छ । यसका अलावा ललितपुरको एउटा बिद्यालयमा ४ बर्ष शिक्षण पेशा गर्दै राजनीति गरी पटक पटक भुमिगत जिवन बिताएको अनुभव समेत उनीसँग रहेको छ ।

बि.स २०१३ सालमा काभ्रे जिल्लाको तत्कालीन मालथोक पञ्चायत ९ मा कान्छालाल र कान्छीमाया तामा तामाङ को कोखबाट माईलो सन्तानका रुपमा जन्मिएका उनले काठमाण्डौबाट प्रबेशिका परिक्षा उर्तिण गरे । एसएलसी दिएर एउटा होटलमा भाँडा माझने जागिर पाएका तामाङले काम गर्ने होटलमा एक ब्यत्ति ग्राहक बनेर आएका थिए । तामाङ पाहुनको स्वागतमा तल्लिन हुँदाहुँदै ति ब्यत्तिले भारत बोलाउने बताए ।

केही महिनापछि चिठी र खर्च आयो, अनि उहाँ भारत जानुभयो, भारतमा एक एनजिओ सञ्चालन गरिरहेका बिलडब्लु डेबिडसन नामका ति मानिसको एउटा गोर्खालीको छोरालाई कम्युनिटी डेभलपमेण्ट तालिम दिने सोच अनुसार उनलाई त्याँहा बोलाईएको रहेछ । त्याँहा पुगेपछि उनलाई सो तालिममा सहभागी गराईयो । पछि नेपाल फर्किएर बिभिन्न एनजिओ र आईएनजिओमा काम गार्दगर्दै बिदेशमा तालिम दिन अफर आउन थाल्यो । आउनेजाने क्रम सिक्ने र सिकाउने क्रम बढदै गयो । अन्तत तामाङ एउटा कुशल प्रशिक्षकका रुपमा प्रस्तुत हुन थाले। नेपालका धेरै जिल्लामा पुगेर त्याहाँको जातजाति, भाषा, रहनसहन, संस्कार र सस्कृतिको अध्यायन र अनुसन्धानपछि उनले आफनै खोज र अनुसन्धानका आधारमा सकरात्मक सोचको बिकास गरे ।

बिदेशमा तालिमकै अबसरमा रहेका बेला अमेरिका र थाईलयाण्डमा त्याहाँका केही मानिसहरुको नेपालको बारेमा सोधेको प्रश्नको सही उत्तर दिन नसक्दा निक्कै लज्जा महशुस भयो । लगत्तै नेपाल फर्किएपछि नेपाल र नेपालीको बारेमा गहिरो अनुसन्धान गरेका उनी नेपालीहरु माक्र्सवाद र पुँजीबादका किताब पढने र नेपाल र नेपालीको पहिचान के हो भन्ने बिषयमा अध्यायनका अभावमा पछि परेको र बिदेशीको गुलाम बन्नुपरेको बताउँछन ।

सकरात्मक सोच सम्बन्धी ३ बटा पुस्तक प्रकाशन गरिसकेका तामाङको एउटा उपन्यास प्रकाशनको तयारीमा रहेको छ । अमेरिका लगायतका मुलुकमा तालिममा जाँदा प्रतिदिन १ देखि ५ हजार डलरसम्म आर्जन गरिरहेका उनले सभ्रान्त मुलुकमा बस्नका लागी पाएको अबसरलाई त्यागेर नेपाली हुनुमा गर्व गर्दै यहीको माटोमा केही गर्ने र समाजमा अझै दायित्व निर्बाह गर्दै लेखनमा समेत समय दिने र नेपालकै माटोमा प्राण त्याग गर्ने सपना रहेको बताउँछन । प्रस्तुति : नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित