तनावग्रस्त इटहरी (११ तस्विरहरू)

इटहरी / यातायात व्यवस्था विभागले तराइका जिल्लाहरू अन्तरगत मुख्य राजमार्गमा सिटि सफारी चलाउन राेक लगाएकाे बिराेध गर्दै अान्दाेलनमा उत्रीएका सिटिसफारी ब्यवसायीहरूले शुक्रबार इटहरीमा चक्काजाम गर्ने क्रममा प्रहरीसंग झडप हुदा स्थिति तनाव ग्रस्त बनेकाे छ । यातायात बिभागले सम्बन्धित ट्राफिक कार्यालयहरूलार्इ पत्रचार गर्दै मुख्य राजमार्ग क्षेत्रमा सफारी चलाउन राेक लगाउन भनेपछि साेहीकाे बिराेधमा शुक्रबार सफारी ब्यवसायीहरूले दबाबस्वरूप एकाएक सडक अवरूद्ध बनाउदा प्रहरीसंग झडप भएकाे थियाे । झडपमा अाधादर्जन सफारी ब्यवसायीहरू घाइते बनेका छन । स्थिती नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास प्रहार गरेकाे थियाे । अश्रुग्यास प्रहारबाट सर्वसाधरण पनि घाइते भएका थिए ।

तस्विरहरू : सामाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित