धरानको दन्तकाली मन्दिरमा भित्र्याइयो फूलपाती (तस्विरहरू)

धरान / दशैंको सप्तमी फूलपातीको दिन, आज बिहीबार धरानको प्रसिद्ध दन्तकाली मन्दिरमा विधिवत् फूलपाती भित्र्याइएको छ। दुर्गा भवानीका नौ रूपमध्ये कालरात्रि स्वरूपको पूजा गरी फूलपाती भित्र्याइएको हो। देशभरका शक्ति पीठहरूमा फूलपाती भित्र्याउने परम्पराअनुसार, धरान-१४ स्थित दन्तकाली मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी, र स्थानीयहरूको सहभागितामा पिण्डेश्वर मन्दिरबाट फूलपाती ल्याइएको थियो।

केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, र जयन्ती गरी नौ प्रकारका पातहरू पूजा गरी दुर्गा पूजास्थलमा भित्र्याइएको हो।

मूल पुजारी विश्वराज खनालका अनुसार, २०६२ सालदेखि नेपाली सेना र सशस्त्र प्रहरी पनि फूलपाती चढाउन थालेका हुन्। २०७४ सालपछि बाजागाजासहित फूलपाती भित्र्याउने परम्परा सुरु भएको हो। धरानको दन्तकाली मन्दिरमा फूलपाती भित्र्याएपछि मात्र दशैं घर-घरमा प्रवेश गर्ने मान्यता छ।

प्रतिक्रिया

सम्बन्धित