इटहरीमा जुत्ता चप्पलको सामूहिक बिक्री कक्ष सञ्चालनमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/jutta-melaa_VmJcbpcQUM_qh2ko1oqrafudgvsntwhbaaxnqq4o3mc2qmcq6o6hbua6cdpbxuvrgk6mmgc_Zz0qZQEY9m_otmj4tnxbp5wlvr5wefban8rp59iyxfv0xgkw0vdsbjdddpx0ehvjjdf8qvu.jpg)
इटहरी । स्वदेशी बस्तुको प्रवर्द्धनको लागि इटहरीमा जुत्ता चप्पलको आधिकारिक बिक्री कक्ष सञ्चालनमा आएको छ । इटहरी स्थित पश्चिम लाइनमा विभिन्न नेपाली ब्रान्डका उत्पादनको जुत्ता चप्पलको बिक्री कक्ष सञ्चालनमा आएको हो । १० दिनसम्म इटहरी जुत्ता चप्पल महोत्सवको आयोजना गरेका उद्योगीहरूले सोही ठाउँमा विक्री कक्ष सञ्चालनमा ल्याएका हुन् ।
स्थानीय स्तरमा उत्पादन भएको बस्तुलाई आम उपभोक्ता माझ पुर्याउन र आफ्नो ब्रान्ड, उत्पादनको गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउने र नेपाली उद्यमीले उत्पादन गरेका सामाग्रीहरू सिधै उपभोक्तासम्म पुर्याउन बिक्री कक्ष सञ्चालनमा ल्याएको नेपाली जुत्ता चप्पल उत्पादकको भनाई छ । आफ्नो उत्पादनको गुणस्तरको परीक्षण र विक्री वितरण गर्नको लागि इटहरीलाई रोजेको विएफ डियर हिल सुजका प्रबन्धक होमनाथ उपाध्यायले बताए ।
‘नेपाली ब्रान्ड, मौलिक उत्पादनलाई प्रचारप्रसार गर्नु पर्छ भनेर कोसी प्रदेशमा अभियान सञ्चालन गरिएको छ, उनले भने, इटहरीमा सुरु भएसँगै उदयपुर र बिर्तामोडमा पनि बिक्री कक्ष सञ्चालनको तयारी गरेका छौँ ।’ फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले उपभोक्ताले आफ्नो रोजाइमा सामान खरिद गर्न पाउन् भन्ने उद्देश्यले विक्री कक्ष नै सञ्चालन गरिएको बताए । नेपाली व्यवसायीले उत्पादन गरेका जुत्ता चप्पल उपभोक्तासम्म सहज पुर्याउनको लागि यस्ता बिक्री कक्षहरू आवश्यकता ठानेर सञ्चालनमा ल्याइएको उनको भनाई छ। इटहरीमा सुरु भएको बिक्री कक्ष बिएफ डियर हिल सुज, फस्ट वाक, रोयल सुज, डिजे सुज र क्रस रोड सुजको संयुक्त हो ।
![नयाँ वर्षको अवसरमा TVSले ल्यायो 'TVSमेरो साथी’ लाइफटाइम वारेन्टी अफर](https://snowberry.prixacdn.net/media/gallery_folder/mnemonic_6Z9qnmzOps_kjp2axvatoymn9adswf2ulkyr53gtyvczskc5admyorwnmqogal6mdyl1vc4_kPPa6WKNve_cb4av2cylyijx7pfetvrjjvoqjwptfww6jwc4ub1dcjd2lcjh2ivfer2o46o.png)
नयाँ वर्षको अवसरमा TVSले ल्यायो 'TVSमेरो साथी’ लाइफटाइम वारेन्टी अफर
![धरानमा फस्टाउँदै सुकुटीको व्यापार , लाेभ लाग्दाे आम्दानी](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuteeeee_cbLguneFjG_9nylkkh91ymzu83ddxllzng0bojvclimyhrvwmuhyx6svd04ta6ef7eoht4v_3nrTlJhJQK_e4frkwcc512rrhvk8thxhppcuv94neqnoccbg0axknztggmfkqrufkxuhr96.jpg)
धरानमा फस्टाउँदै सुकुटीको व्यापार , लाेभ लाग्दाे आम्दानी
थुलुङ दूधकोशीमा उत्पादित कफी विश्वकै उत्कृष्ट , समर्थन मुल्य निर्धारण
![दोस्रो एओजी नाइट राइड सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/tv1_GnAxXwDCC1_dbq8okdfx7xgwvi9d7vx2j8ftjs7ytvgtkqzqk1ldd9pmklid8hjlrz4nnn9_QQen08mpQd_glyw7r6k34iqmz3vx133gugvfxnxcir8ubn1w0ndijlvgzmxkf5mjcaallof.jpg)
दोस्रो एओजी नाइट राइड सम्पन्न
![पेट्रोल र डिजलको मूल्य घट्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
पेट्रोल र डिजलको मूल्य घट्यो
![आजको तरकारी तथा फलफूलकाे मूल्य, टमाटरकाे भाउ १४० बढी](https://snowberry.prixacdn.net/media/gallery_folder/tarkari-falful2020-03-26-09-23-19_1600x700_50_Ocg5AaJWup_ddkk2km8y6sjaawkmufjqm650gihqum0eezq4qtvxdeknyoa5cfswyamxw1q_m88XxnvYO7_351wt9megeirjfdlxuzhpql1unug5ffkzymfgknmexaj7ec2kbrqa25cudre_2uNkCcGRJj_afuxkma4oaa86pkm8j6hw7t0tcd4jrqb576n6rg8w1b19apajej2i0qsrm0u_a461xA4uGB_lhlxckstuk81an2ashqktxs14tvzsxrev6pmtbhhd3pudcoo5e7wyx527wvc_gX33n7wIhz_txne62yjugbtcw0ejgeaatfz6qpk7fdcnn22ye9xnljvrcyun1mleqd3sgcw_qkRX8Trj4p_e1nqruqlxvoy3wgcoy0beny16fpwtz22yeotoz56mgcprxt72vvynydouakd.webp)
आजको तरकारी तथा फलफूलकाे मूल्य, टमाटरकाे भाउ १४० बढी
![७०० रुपैयाँले बढ्याे सुनको मूल्य](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-silver_2.jpg-2_ifohAPHazC_fbghllr1tipffxtfxaw3n3q6wnbof2dyhnb0qba4qvwjqxwjrtwdwo8ao2kt_b3w6rWWlaB_gpwwjgqlombxe9v3zxqds6i3bu2evzfeajnmswzcojgntphqywyewnubfpkp.jpg)
प्रतिक्रिया