दोस्रो एओजी नाइट राइड सम्पन्न

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शुक्रबार र शनिबार काठमाडौंको नक्साल शोरुमदेखि सुकुटेसम्म आयोजना गरेको दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड धुमधामका साथ सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ जगदम्बा मोटर्सका सीबीओ, श्री मृगेन बनर्जी र डीजीएम, श्री विक्रम पौडेल ज्यूद्वारा गरिएको थियो ।

२५ जना राइडरहरुको सहभागिता रहेको यस ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । माघ १२ गते सुरु भई माघ १३ गते सम्पन्न भएको यस ओभरनाइट राइडमा एओजीका सदस्य, डा. दिपक कुमार दासको पनि सहभागिता रहेको थियो ।

ओभरनाइट राइडको बारे बोल्दै डा. दिपक कुमार ज्यूले भन्नुभयो, “यस अपाचे ओनर्स ग्रुपले मलाई साथी मात्र नभई एउटा परिवार प्रदान गरेको छ । म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।“

कार्यक्रमको दोस्रो दिन हाम्रा हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको थियो जसमा रेमन दास श्रेष्ठ ज्यूद्वारा (होस्ट÷अभिनेता÷भिजे) विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । रेमन दास श्रेष्ठ आफै पनि यस सवारीको एक हिस्सा रहनु भएको थियो । राइडका क्रममा उहाँले बाइकको प्रदर्शन र यसको लुक मनपरेको बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित