बेलबारीमा १ नं. प्रदेश प्रहरी अस्पतालकाे समुदघाटन (तस्विरहरू)

सुन्दरहरैँचा / मोरङको बेलबारी ३ मा १ न. प्रदेश प्रहरी अस्पतालकाे समुदघाटन भएको छ । तत्कालकाे आवश्यकता पूरा गर्ने गरि पुरानो इप्रका बेलबारीकाे भवनमा १५ बेडको अस्पताल बुधबार उदघाटन तथा शुभारम्भ गरिएको हाे ।

अस्पतालको नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक तथा कार्यक्रमका प्रमुख अतिथि धिरज प्रताप सिंहले शुभारम्भ गरेका थिए । उनले प्रादेशिक अस्पतालको अवधारणमा काम भएको जानकारी गराउदै १ न. प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठुलो रहेकोले प्रहरी अस्पताल संचालन गरिएको बताए । उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने जानकारी दिए । अस्पतालको सुभारम्भले प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रीत परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उदेश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याईएको महानिरीक्षक सिंहले बताए ।

कार्यक्रममा प्रदेश अस्पताल सम्बन्धि प्रतिवेदन प्रनाउ डा. सराेज सिंहले प्रस्तुत गरेका थिए । उनले संचालन भएको अस्पतालमा तत्कालका लागि ल्याब, एक्सरे तथा इमर्जेन्सी सेवा उपलब्ध गराउँने साथै प्रहरी अस्पतालमा ११ जना जनशक्ति रहने उल्लेख गरे ।

१ न. प्रदेश प्रहरी अस्पतालकाे समुदघाटनमा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई , नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह लगायतले शुभकामना मतव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी संगठनका महानिरीक्षक सिंहकाे आगमनमा नेपाल प्रहरीद्वारा सलामी अर्पण गरिएको थियाे। समारोहमा प्रमुख अतिथिद्वारा शिलालेख अनावरण तथा अस्पताल निरीक्षण भएको थियाे ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमलाई विशेष आभार प्रकट गरे । नेपाल प्रहरी प्रदेश संरचनामा रूपान्तरण हुँदै गरेको तथा प्रदेश भरीका प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी समुदघाटन गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले जानकारी दिए ।

यसैबीच प्रहरी संगठनका प्रमुख महानिरीक्षक सिंहले मोरङको गोठगाउँ स्थित १ नं. प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गरेका छन् । सुन्दरहरैंचाकाे गोठगाउँमा नवनिर्मित तालिम केन्द्रको आवास, मेस तथा भौतिक पूर्वाधारको उनले निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित