अटेरीहरूको घरमा इटहरीमा मेयरले चलाए डोजर (तस्विरहरू सहित)

इटहरी । पटक पटक सूचना जारी गर्दा पनि घरधनीहरूले अटेरी गरेपछि इटहरी उपमहानगर वडा नं ६ मा डोजर चलाइएको छ । ६ लेन राजमार्ग विस्तारको क्रममा सडककाे सीमा भित्र पर्ने घरहरू भत्काउने अभियान अन्तरगत वडा नं ६ मा आइतबार डोजर प्रयोग गरिएको हो । २ साता अघि इटहरी ९ मा डोजर लगाएर १५ वटा घरहरू भत्काइएको थियो । रानी विराटनगर जाेगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियानलाई निरन्तरता दिइएको इटहरी उपमहानगरले जनाएको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेल , ६ नंका वडाध्यक्ष दिवस पोख्रेल , प्रहरी प्रशासन , पत्रकार लगायतकाे उपस्थितिमा घरहरूमाथि डोजर चलाइएको हो । ६ नं वडामा ९ वटा भन्दा बढी घरहरू भत्काइने इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । उपमहानगरको सूचनालाई मानेर अधिकांश घरधनीहरूले आ आफ्नो घरहरू भत्काउन थाले पनि अटे गरेर बस्ने ४ जनाको घरमा आइतबार डोजर प्रयोग गरी भत्काइएको वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए ।

अधिकांशले विकासका काममा बाधा नबन्ने र स्थानीय सरकारलाई सघाउने भन्दै आफै घरहरू भत्काउन थालेको बताउँदै उचित क्षतिपूर्ति माग्दै केही घरधनीहरूले भने अटेर गरेकोले उनीहरूको घरमा डोजर प्रयोग गर्नुपरेको वडाध्यक्ष पोख्रेलले बताए । घरहरू भत्काउन १५ दिन अघि नै सूचना जारी गरेपछि विराटनगर रोडका सबै घर र सटरहरू खालि गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित