इटहरी कबिर स्कुल वरपर गरियो  सरसफाइ : प्रशस्त भेटिए कन्डम, डाइपर तथा रक्सीका बोतल (तस्बिरहरू सहित)

इटहरी / इटहरी ६ स्थित कबिर माध्यमिक विद्यालयको पछाडि सुकुमारी पैनी छेउमा थुपारीएकाे फेहाेर इटहरी नगरपालिका तथा ब्लुज ११ क्लबको सहकार्यमा सफा गरिएको छ । विद्यालय वरपर स्थानीहरूले फाेहाेर फालेपश्चात् विद्यालयले नगरपालिकामा निबेदन दिए पश्चात् इटहरी नगरपालिकाले सरसफाइ गरेको वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए । विद्यालय छेउछाउ पोहोर फाल्नाले स्थानीय तथा बिध्यार्थीहरूमा नकारात्मक असर पुर्याएकाे पोखरेल बताउन् । उनले आइन्दा कसैले फाेहाेर फालेमा कडा कारबाही समेत गर्ने बताएका छन् । 

 ब्लुज ११ क्लबका उपाध्यक्ष राम राईका अनुसार पोहोर सफा गर्ने क्रममा रक्सीका बोतल, कन्डम, डाइपर, भ्याट बिल लगायतका चिजहरू भेटिएको बताए । उनले यस्ता प्रकारका हर्कतलके बिध्यार्थीहरूमा नकारात्मक असर पुर्याउने जनाए । लामो समयदेखि इटहरीमा ब्लुज ११ क्लबले सरसफाइ लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको तर विद्यालय वरपर यस्ता प्रकारका फाेहाेर आफूले नदेखेको राईल बताए ।

प्रतिक्रिया

सम्बन्धित