लक्ष्मीपुजामा थरीथरीका रंगोली ( २६ तस्विरहरू)

इटहरी / प्राचीन कालमा रंगोलीलाई अल्पना भनिन्थ्यो । यसको अर्थ भने लेप लगाउनु हो । प्राचीन कालमा घरमा लेप लगाउँदा धनधान्यले भरिपूर्ण भइन्छ भन्ने विश्वास थियो । त्यसैले पनि विभिन्न उत्सव तथा तिहारमा रंगोली बनाइन्छ । रंगोलीले जीवनमा सुख–शान्ति तथा समृद्धि प्रदान गर्छ भन्ने जनविश्वास छ ।

पछिल्लाे समय तिहारको बेला रंगोली बनाउने चलन व्यापक बनेको छ । विगत केही वर्षयता तिहारको बेला घर–घरमा रंगोली बनाउने गरिएको छ । दियो, बत्तीको उज्यालो, देउसी–भैलोको मधुर धुन, सेलरोटीको सुगन्धसँगै घर–आँगनमा बनाइने रंगोलीले तिहारको रौनकता अझ भपेकाे छ । तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित