विराटनगर ५४ औँ राधाकृष्ण रथयात्रा, हजारौं श्रद्धालु भक्तजनहरु सहभागि (तस्विरहरू)

विराटनगर । विराटनगरमा ऐतिहासिक ५४ औ राधाकृष्ण रथयात्रा आयोजना गरिएको छ । दिउँसो ३ बजे सुरु भएको रथयात्रा यतिखेर जारी छ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्टबाट राधाकृष्ण रथ यात्रा सुरु हुने गर्दछ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खट यात्रा मात्रै निकालिएको थियो ।

रथयात्रामा नेपाल र भारतका हजारौं श्रद्धालु भक्तजनहरु सहभागि छन् । भारतबाटसमेत सयौं मानिस सहभागि भएका छन् । युगल जोडी राधाकृष्ण राखेर निकालिने रथ यात्राको अवलोकन गर्न नेपाल भारतलगायतका सयौँ भक्तजन विराटनगर आउने गर्दछन् । विस १९८८ मा खटयात्राबाट सुरु गरिएकोमा ०२४ सालदेखि रथयात्रा थालिएको थियो ।

तस्विर : सामाजिक संजाल

प्रतिक्रिया

सम्बन्धित