धरान पिण्डेश्वर शक्तिपिठमा आजबाट महाआरती सुरु, भक्तजनको घुइँचो (तस्विरहरू सहित)
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aarati_J1D93gFmgH_5gli6f1qzvf6rzanhw9nlgp1sctxbtiud7m2tlprlrnnko3kn8keyd1vwhjy.jpg)
धरान / धरान १४ विजयपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल ( शक्तिपिठ) पिण्डेश्वर बाबाधाममा आजबाट महाआरती सुरु भएको छ । आरती साँझ ६ बजे सुरु भएर करिब ७ : ३० सम्म जारी रहेको थियो ।पुजारी बन्धु घिमिरे, सन्तोष नेपाल र दिनेश पौडेलले विधिपूर्वक आरती गरेका हुन्। पुजारी बन्धुका अनुसार यो आरती निरन्तर ३ दिन हुने छ भने भोलि ताण्डव रिले नृत्य समेत हुने उनले बताए ।
भारतको आरती बिर्साई नै दिने गरी तयार गरिएको पिडेश्वर बाबाधामको महाआरतीमा धेरै नै भक्तजनहरूको घुइँचो लागेको १४ नं. वडा कार्यालयका अध्यक्ष कृष्ण प्रसाद भट्टराई बताउँछन् । २२ गतेदेखि श्रावणभरि आयोजना हुने महाआरतीमा मन शान्त र भगवद्भक्तिका लागि सरिक हुन सबैलाई आव्हान समेत गरेका छन् भट्टराईले । धरानको आकर्षणका रूपमा समेत रहेको सो आरतीमा सबै जातजाति, धर्मावलम्बीहरूले समेत सहभागी भएर धरानको गौरवको रूपमा श्री चण्डेश्वर महाआरतीलाई स्थापित गर्न जरुरी देखिएको छ । जसबाट धार्मिक पर्यटनका रूपमा धरानलाई अझ एक खुड्किलो माथि चढ्न सजिलो हुनेछ ।
अमृतको शेषबाट स्थापित भगवान् शिवलाई हामी धरानवासीहरूले धरानको शिरमा चाहना अनुरूप दर्शन गर्न पाइरहेका छौँ । अझ श्रावण महिनामा नेपाल तथा भारतका लाखौँ भक्तजनहरूले कोसी नदीबाट पवित्र जल ल्याई पिण्डेश्वरमा अर्पण गर्ने गरेका छन् । यही श्रावण महिनामा विगत ६ वर्षदेखि पिण्डेश्वरको अग्र भागमा रहेको सरस्वती कुण्डमा शिव आरती गर्न पनि थालिएको छ । बटुकहरूद्वारा विभिन्न स्तोत्र र भगवान्को गुणगान गाउँदै आरती गर्ने गरिएको छ र यो आरतीमा सरिक हुँदा पुण्य लाभ हुने विभिन्न पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।
के हो आरती भनेको ?
आरती शब्द संस्कृतको आ उपसर्ग पूर्वक रम् धातुबाट क्तिन् (ति) प्रत्यय जोडिएर निर्माण भएको पाइन्छ । यसको अर्थ सम्पूर्ण रूपले प्रेम वा भक्ति प्रकट गर्नु भन्ने हुन्छ । अर्को व्युत्पत्तिअनुसार आरती शब्द संस्कृतमा “आत्र्तिः” को प्राकृत रूप हो । जसको अर्थ रोग, पीडा वा दुःख भन्ने बुझिन्छ । आरती बाल्नु भनेको आत्र्ति निवारण वा भगवान्को कृपाले पीडा, रोग र दुःख निवारण गर्नु भन्ने बुझिन्छ ।
इष्ट देवतालाई प्रसन्न बनाउन पूजा गरेपछि अन्त्यमा आरती गर्ने गरिएको छ । यसमा भगवान्लाई आरती देखाएर गुणगान पनि गाइन्छ । बातीको उज्ज्वलता देखाएर भगवान्लाई आलोकित गर्न सकियोस् र उनको सौन्दर्य हेर्न सकौँ भन्ने अभिप्राय: पनि आरती गर्नु हो ।
अनादिकादेखि नै हिन्दु संस्कृति र संस्कारमा आरती गर्ने परम्परा रही आएको छ । युद्ध गर्न रणभूमिमा जाँदा विजयको कामना गरी आरती गरेर बिदाइ गर्ने वा विजय भएर घर फर्किँदा आरती गरेर स्वागत गर्ने परम्परा पनि रहँदै आएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गरेर आरती गर्ने गर्दछन् भने नयाँ बुहारी घर भित्र्याउँदा पनि आरती उतारेर गृह प्रवेश गराइन्छ । यस्ता उदाहरणले पनि हाम्रो घरको दिनचर्यामा समेत आरतीको महत्त्व रहेको पाइन्छ ।
आरती गर्दा, हेर्दा र आरतीमा सहभागी हुँदा पनि आरतीको आलोकबाट आँखालाई आनन्द मात्र प्राप्त हुँदैन, हृदयमा पनि पवित्र र सकारात्मक भाव उत्पन्न हुन्छ, र जीवन सुखमय बन्दछ । आरती लोकाचार नभएर हिन्दु संस्कृतिको सुसंस्कार पनि हो ।
यसै सन्दर्भमा, श्रीमद्भागवत पुराणको सप्तम स्कन्ध, पाँचौँ अध्यायको २३ औँ श्लोकमा
“श्रवण कीर्तन विष्णोः स्मरणं पादसेवनम् ।अर्चनै वन्दनं दास्यं सख्यमात्मनिवेदनम् ।।” भनेर उल्लेख गरिएको छ ।
अर्थात् श्रवण गर्नु (सुन्नु), कीर्तन गर्नु, स्मरण गर्नु, पाउको सेवा गर्नु, पूजा गर्नु, स्तुति गाउनु, भगवान्को सेवक (दासभाव) हुनु, सख्यभाव हुनु, आत्मनिवेदन गर्नु भनेर नवधा भक्ति अर्थात् नौ प्रकारका भक्तिको उल्लेख गरेको पाइएको छ ।
नवभाव भक्तिमध्ये पाँचौभावमा पूजा गर्नु भनेको हुनाले पूजा १६ प्रकार (षोडशोपचार विधि) ले गर्ने गरिन्छ, जसमा आरती प्रमुख रहेको छ । पूजामा केही त्रुटि भयो भने आरती गरिन्छ, जसले पूजा पूर्ण हुन्छ र गल्तीमा पनि क्षमा प्राप्त हुन्छ भन्ने हिन्दुहरूले विश्वास गर्दै आएका छन् ।
यस्तै स्कन्द पुराणअनुसार पनि
मन्त्रहीनं क्रियाहीनं सत् कृती पूजनं हरर ।
सर्वं सम्पूर्णतामेति कृते नीराजनै शिवे ।
अर्थात् पूजा, अनुष्ठान मन्त्रहीन वा क्रियाहीन (कार्यमा कुनै त्रुटि) हु“दा पनि निराजन अथवा आरती गर्दा त्यसले पूर्णता प्राप्त गर्दछ भन्ने उल्लेख गरिएको छ ।
धरानको पिण्डेश्वरको आरती
वि.सं. २०७४ सालको श्रावण महिनामा धरानको पिण्डेश्वरमा पनि आरती हुन थालेको छ । पहिलो वर्ष भारतको काशीबाट आरती गर्ने पण्डितहरू झिकाइएको थियो भने हाल धरान १४ नं. वडा कार्यालयको संयोजन र चण्डेश्वर बाबाधाम समितिको सहसंयोजकमा आज २२ गते साँझ देखि महाआरतीको आयोजना गरिएको छ ।
नेपालमा वि.सं. २०६४ साल श्रावण २१ गते सोमवारदेखि काठमाण्डौंको पशुपतिनाथमा बाग्मतीको किनारमा आरती हुन थालेको पाइन्छ । डा. रमेश पोखरेल, धर्मदास बुढाथोकी, सागर खतिवडा, वासुदेव कृष्ण शास्त्रीको आदिको समूहबाट बाग्मती किनारको आरतीको प्रारम्भ भएको हो। श्रद्धालु भक्तजनहरूको सहभागितामा हुने मनमोहक आरतीले साँच्चै नै दर्शनार्थीहरूलाई भक्ति भावमा समेटिएको पाइन्छ । त्यसै गरी जनकपुरधाम र नवलपरासीको शाश्वत धाममा पनि आरती हुने गरेको छ । प्राचीन हरिद्वार धाम (चतरा) को कोसी नदीको तटमा जगद्गुरु बाल सन्त मोहन शरण देवाचार्यज्यू महाराजको सान्निध्यमा प्रत्येक दिन आरती हुने गरेको छ । विशेष पर्वका दिन विशेष किसिमले हुने सो आरतीमा स्थानीय र अन्य भक्तजनहरूको सहभागिता हुने पाइएको छ ।
निर्माण थालेको २ घण्टामै फेरियो न्यूराेडकाे मुहार : मेयर बालेनकाे चाैतर्फी च…
![प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )](https://snowberry.prixacdn.net/media/gallery_folder/lali_MnVMj30fPW_f1mrqdd5pqbxkilztcebnnbmxkz2cvqgikp8hrfyhotd9fnystqlzffhpcae_zBA3TiuSaa_zuqw062trlo1sig3p2mjhthjyntpl3djhaixfbaitffohgvb8indwoytj5rc.jpg)
प्रकिृतिकाे काखमा बेहुली झैँ सजिएको तिनजुरे ( फोटो फिचर )
![फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !](https://snowberry.prixacdn.net/media/gallery_folder/435399941_840429071448031_1931017336809384938_n_dnZSRQCbqL_3ju08xsvvsqhf1tsov5iixidmuntzaqhuzpo9r3iikv1playy2o8i7cw0qrf_BZVEx1E7Px_yfwpetd75kckc3sfbpwkmdgmvyqrfy3rxzlcclf5tqqacqle9xgpwjkqwmsx.jpg)
फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल !
![यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल](https://snowberry.prixacdn.net/media/gallery_folder/new%252520year_eaEazBeZti_mlljftcz5aldekkttkywslusdgiznc7e9jbtigdqgr3vpnazabri98mnuwjx_9JJ9TB4Qv3_qv421srms1eexabaa8w7ukfynrhqet5alnwx9ibrxnr18ha8366gkeb7u8au_cxiMBdXRWd_ilxovydejh8bbau5gqdvjxylp2jrxxxfm4721fudqcoqqd8r64pserd4p6ic_Baz4u55jul_7ib22oeq0whcatwnqp5vdjvrmcjr6i27nkph3j5trlajgjpvoey7jczlulzs.jpg)
यी हुन नयाँ वर्षमा पुग्नै पर्ने पूर्वका उत्कृस्ट १० पर्यटकीयस्थल
विराटनगर स्थित न्युरो अस्पतालद्वारा अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको उप…
रामबहादुर बम्जनको घरमा यस्तो भेटियो (फोटोफिचर)
![कछुवा गतिमा "तरहरा पानीपिया खण्ड" निर्माण कार्य (तस्विरहरू)](https://snowberry.prixacdn.net/media/gallery_folder/1_sg2Y9alul9_lg5ytrjbl4z2sk9831kxfs5k39folp32v1hsnkr5wuehc3mwwsxkbyergsfk_OEoYzOfmCn_n9famjsootq5dtof0a7z1kiuyldn3w2peyjgaijliqh0r2v66ixk9ag3y7mp.jpg)
प्रतिक्रिया