रवि लामिछानेको चुनावी सभा : यस्तो देखियो नारायणी किनार (तस्विरहरू)

चितवन / चितवनको नारायणी किनारमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको छ । सभामा चितवन र नवलपुरका विभिन्न क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ताहरु र समर्थकहरु सहभागी भएका छन् ।
रवि लामिछानेलाई भोट माग्न चितवन पुगे सेलिब्रेटी कलाकार
मौन अवधि सुरू हुन केही घण्टा बाँकी रहँदा निर्वाचन प्रचार प्रसारका लागि सेलिब्रेटी कलाकारहरू चितवन पुगेका छन् । चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभामा सहभागी हुन उनीहरू चितवन पुगेका हुन् । कलाकारहरू दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, किरण केसी, रमेश उप्रेती, आशिफ साहलगायतले रवि लामिछानेलाई निर्वाचनमा मतदान गर्न अपिल गरे ।
कलाकार दिपाश्री निरौलाले यसपटक चितवनले रविलाई जिताउने विश्वास व्यक्त गरिन् । रविले टेलिभिजन कार्यक्रममार्फत थुप्रै निमुखा जनताको आवाज बोलेको बताउँदै अब संसदमा पुगेरसमेत चर्को आवाज उठाउने बताइन् ।कलाकार किरण केसीले यसअघि आफूले कुनै पनि पार्टी र उम्मेदवारलाई भोट नमागेको सुनाउँदै रविलाई जनताले जिताउन अपरिहार्य ठानेर अपिल गर्न चितवन आएको बताए ।
रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय हुन्छ : निर्वाचन आयोग
काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए । रविको नागरिकता अवैध रहेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजरी परेको छ ।
_l1b8HhGaoZ_hc7rahumay2xht4djlwphnl4qfd6beatof3pvs5xtpevjeq4zutjmztu6svn_EenIqGh7k0_mfvvfrgicwwklxhpy9jzd7wx7xmfvosce62f6ymxb6cdmdej8p8m2yqzzijm.jpg)
यसरी गरियो भक्तपुरमा पूर्वराजालाई भव्य स्वागत (तस्विरहरू)

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण

इटहरीमा पूर्व राजा ज्ञानेन्द्र क्रेज , घन्कियो राजा आऊ देश बचाउकाे नारा (१५ त…

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

इटहरीमा हर्षाेउल्लासका साथ मनाइयो होली (फोटो फिचर)

दुर्गा प्रसाईको आन्दोलन (फोटो फिचर)

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)

प्रतिक्रिया