लायन्स क्लब अफ पञ्चकन्याद्वारा शिक्षाका लागी एक रूपैया अभियान संचालनमा, ५ हजार थान स्टेसनरी समानहरू वितरण

धरान / लायन्स क्लब अफ पञ्चकन्याले शिक्षाका लागी एक रूपैया अभियान संचालनमा ल्याएकाे छ । क्लबले अति निम्न अाय भएका बिध्यार्थिहरूलाइ शिक्षााका लागी एक रूपैया अभियानबाट संकलित रकमले स्टेसनरी सामान बितरण गर्ने लायन्स क्लब अफ पञ्चकन्याकी अध्यक्ष एकता श्रेष्ठले बताइन् ।

लायन्स क्लब अफ पञ्चकन्याले विद्यार्थी बालबालिकाहरूलाई ५ हजार थान स्टेसनरी समानहरू वितरण गरिसकेकाे छ । क्लबले आफ्नो वान रुपिस फर एजुकेसन अभियान अन्तर्गत नेपाल बसोबास वस्ति संरक्षण समाज मातहतको सुकुम्वासी वस्तिमा बसोबास गर्ने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरूलाई स्टेसनरी समान वितरण गरेकाे हाे ।

पञ्चकन्या क्लबले धरान १६ र ११ का तिन सय २९ बालबालिकाहरूलाई २५०० कापी, कलम, पेन्सिल र इरेजर वितरण गरेको हो । क्लबले सम्बन्धित क्षेत्रमा नै गएर सहयोग सामाग्री वितरण गरेको थियो । सहयोग सामाग्री हङकङ नेपाली महासङ्घका अध्यक्ष रिता गुरुङले उपलब्ध गराएका हुन । त्यस्तै धरानका स्थित दन्तकाली सेकेन्डकी स्कुल, सयपत्री बाल विकास केन्द्र,नेपाल बसोबास बस्ती संरक्षण समाज, एच आई भि सङ्क्रमित , गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज लगायतमा स्थानहरूका ३६९ विद्यार्थीलाइ २५०० कापी, कलम, पेन्सिल र इरेजर वितरण गरेको थियो । हाल सम्म कुल ५ हजार थान स्टेसनरी समानहरू वितरण गरिसकेकाे र याे कार्यलाए निरन्तरता दिने अध्यक्ष श्रेष्ठले बताइन् ।

सहयोग सामग्री कार्यक्रम आयोजक लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, डिस्ट्रिक्ट फस्ट लेडि रेखा गुरुङ, युवा व्यवसायी लायन्स कविता लिम्बु, लायन्स टङ्क गुरुङ, लायन्स कृति श्रेष्ठले वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित