नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

माेरङ । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले माेरङकाे पथरीमा मसाल जुलुस निकालेका छन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।साझँ ७ बजे निस्कीएकाे जुलुसले पथरी बजार परिक्रमा गर्दै महेन्द्र राजमार्गमा काेण सभा गरेकाे छ । जुलुसमा केपी ‌‍‍ओली मुर्दवाद, संसद विघटन गर्न पाईदैन, नरिङकुस तन्त्र चाहिदैन, प्रतिगमन संडयन्त्र मुर्दावाद, लोकतान्त्रीक शतिहरु एक है, संबिधानको रक्षा गर महान सहिदहरु लालसलाम, नेपाल कम्यूनिष्ट पाटि नेकपा जिन्दवाद जस्ता नारा लगाएका थिए ।

नेपाल र दाहाल पक्षले गरेकाे जुलुसमा करिव ५ सय युवाकाे सहभागिता रहेकाे थियाे । जुलुसमा संविधान सभा सदस्य चन्डि प्रसाद राई, जिल्ला सदस्य टंक भण्डारी, सचिवालय सदस्य डिएन तिम्सिना, नगर प्रमुख दिलिप कुमार राई लगायतकाे उपस्थिती रहेकाे थियाे । काेण सभामा भाेलीकाे बन्द सफल पार्न र बिहान ८ बजे देखि सडकमा उत्रने भन्दै हड्ताल सफल पार्न नगरवासीमा आवहान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित