लक्ष्मीपूजापछि झिलिमिली इटहरी (तस्वीरहरु)

इटहरी । तिहारको मुख्य दिन लक्ष्मीपूजाका अवसरमा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ। बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्ना घर, कार्यालय, उद्योग तथा व्यवसायमा लक्ष्मीको पूजा सम्पन्न गरेका छन्। घर र कार्यालयमा आकर्षक रंगोली बनाउँदै विभिन्न रंगले सजावट गरिएको छ।

देवी लक्ष्मीलाई स्वागत गर्न घरको गेट र मूलढोका खुला राख्ने परम्परा रहेकाे छ। यस अवसरमा घरघरमा बालिएको बत्तीका काेसी प्रदेशको प्रमुख सहर इटहरी उज्यालोले झकिझकाउ देखिएको छ। धेरैजसो घर, कार्यालय, पसल तथा व्यवसायिक भवनहरु झिलिमिली बत्तीले सजाइएका छन्। तस्वीर: सुरेशचन्द् दाहाल

 

प्रतिक्रिया

सम्बन्धित