घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ , अब कति ?

इटहरी । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आज (बिहीबार) बसेको सञ्चालक समितिको वैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित