प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै

बिराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराट एक्स्पोको उद्घाटन गर्दैैछन । हिजो साँझ बिराटनगर आईपुगेका प्रधानमन्त्री प्रचण्डले आजबाट विराटनगरमा सुरु हुने विराट एक्स्पोको उद्घाटन गर्नेछन । साथै सो अघि बिहान १० बजे सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन ।

मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भुमिका खेलेको औधगिक नगरी बिराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा आजबाट सुरु हुने व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन । विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘बिराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुुस १६ गतेसम्म जारी रहनेछ । आयोजकका अनुसार सो एक्स्पोमा स्वदेशी तथा विदेशीसमेत गरी कुल २४० वटा स्टल रहने छन् ।
 

प्रतिक्रिया

सम्बन्धित