१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/company_41rrmcTHUX_o2d6nhkpmfv3aa2pvurt7nzgtndmwqdn7mqyaluyrxobpvblhvyc4qmo7kkg_v8NUpdBCLe_znduaelcmpeuvgwtbecgsep7da7nrihks7kkkqxukwoeigcfyxd69g1pvnbg.jpg)
काठमाडौ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज १५ गतेबाट पूर्णरुपमा लागु हुँदैछ । नवीकरण भने केही समय भौतिक रुपमा र त्यसपछि अनलाइनबाटै गर्ने तयारी गरिने छ । कम्पनी रजिष्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्यांक स्थानान्तरण (डाटा माइग्रेसन) का लागि केही समय लाग्ने उहाँको भनाइ छ । जसकारण नवीकरणका काम भने भौतिक रुपमै हुनेछन् ।
अनलाइनबाट दर्ता हुने कम्पनीले कम्पनीको छाप तथा कम्पनीको तर्फबाट सम्बन्धित कागजातमा हस्ताक्षर गर्न अनुमतिप्राप्त कम्पनीको अध्यक्ष, सञ्चालक वा कम्पनी सचिवको नमुना हस्ताक्षर विद्युतीय सूचना प्रणालीमा उपलब्ध गराउनुपर्नेछ । केही समयका लागि हाल प्रचलनमा रहेको भौतिक कागजात पेस गरी सेवा लिने वा विद्युतीय हस्ताक्षरमार्फत् कागजात पेस गरी डिजिटल सेवा लिने भनी विकल्प उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
विद्युतीय हस्ताक्षरमार्फत् सेवा माग गर्न इच्छुक कम्पनीले सरकारबाट विद्युतीय हस्ताक्षरको साँचो (कि) लिनुपर्नेछ । चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटले कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यामबाट गर्ने व्यवस्था राखेको थियो ।
कागजरहित सरकार पेपरलेस गभर्नेन्सको अवधारणालाई मूर्तरुपमा दिन सरकारका सबै संघीय केन्द्रीय निकायमा क्रमशः एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गर्ने पनि सरकारको योजना छ ।त्यस्तै, सार्वजनिक सेवाबापत बुझाउनुपर्ने सबै दस्तुर र सेवा शुल्क ‘क्यूआर कोड’लगायत विद्युतीय माध्यामबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने पनि वार्षिक बजेटमा उल्लेख छ ।
![प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda5_10LoX34RFS_xwkblfspfg5dijy8qxlgyldkqrixkgslzfph7w2ha5cm6zcgpntvhohvxthv_zXfgqFghDb_h4yyl4idirgqu9jnxd4r5mgldxn5m6pw7xurprw5ok8wrkzjal6l37yddlv1_TwD6H8GdM1_ipltwm0lqbbbcucapjmgwkuhjqtjo6skrcbqbtvgnhgzjyjwzifqezxgankj.jpg)
प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि
![साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/GB-Sanghu-TV-E2023-07-14-10-07-05_S4G6nRw0RJ_0xd6mnx6hwgzmxf4sbgk6hdmwqroiq3nngdsfpi8kvzbm4bxiy2glcvx9r3r_LFy488ztx2_iwt2vfvfkxlynepvu10tqilcettcnglqrwc8x9q1jyyryebxsoi7rkegvxsx.jpeg)
साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने
![शनिले तोड्यो बृहस्पतिको रेकर्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/process-aws_oCIgwtt1Hn_1sgigd5j58jvnpvtaa1midfpa4iwv8lmpbrrgvbwjejiouzjnzsekp6lpf2s.webp)
शनिले तोड्यो बृहस्पतिको रेकर्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news521640_bCAWmP9GnQ_uhb4ny2uwu0llsaplza8ibdwn5wgcl963i0t054s1gujy2jkcnmfb33k3qey.jpg)
![उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/351146209_816535246470157_3205667337997030356_n_lUkCoQOUNM_mdp1morhvmoep4yhmkzeyeuvczjigojvjuuvq4qomcdo96889uk3c3vd0t39.jpg)
उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
![सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_LH8vYJ6G7L_0xfpk21u7c2bx1ivgutq0hj5s5d8o9tokfz5asf7b7xuumefrqtjukfkomxt.jpg)
सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी
![रिहान मिया, जाे २२ बर्ष मै उद्योग खोलेर समान निर्यात गरिरहेका छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/351257074_576471924631904_2111284774690157460_n.jpg_PwBec8fAom_6o5t1h7c9mw3d1ggwrpxrvnmjojffi9qgobx0j73gyxr4zh6m17yftlddxmj.jpg)
प्रतिक्रिया