सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pathibhara_LH8vYJ6G7L_0xfpk21u7c2bx1ivgutq0hj5s5d8o9tokfz5asf7b7xuumefrqtjukfkomxt.jpg)
इलाम /पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो।
समितिका अनुसार फागुनमा रु २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा रु २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा रु १८ लाख ८५ हजार एक सय पाँच भेटी सङ्कलन भएको छ । त्यस्तै जेठमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ। यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए। रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ।
नयाँ समिति आएपछि सङ्कलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए। “पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे एक सय दिनमा रु ६६ लाख ६१ हजार तीन सय ७८ भेटी सङ्कलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ”, उनले भने।
स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ।यसअघि मन्दिरमा सङ्कलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ।
![प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda5_10LoX34RFS_xwkblfspfg5dijy8qxlgyldkqrixkgslzfph7w2ha5cm6zcgpntvhohvxthv_zXfgqFghDb_h4yyl4idirgqu9jnxd4r5mgldxn5m6pw7xurprw5ok8wrkzjal6l37yddlv1_TwD6H8GdM1_ipltwm0lqbbbcucapjmgwkuhjqtjo6skrcbqbtvgnhgzjyjwzifqezxgankj.jpg)
प्रधानमन्त्री प्रचण्डले आज बिराट एक्स्पाेको उदघाटन गर्दै
![१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/company_41rrmcTHUX_o2d6nhkpmfv3aa2pvurt7nzgtndmwqdn7mqyaluyrxobpvblhvyc4qmo7kkg_v8NUpdBCLe_znduaelcmpeuvgwtbecgsep7da7nrihks7kkkqxukwoeigcfyxd69g1pvnbg.jpg)
१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि
![साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/GB-Sanghu-TV-E2023-07-14-10-07-05_S4G6nRw0RJ_0xd6mnx6hwgzmxf4sbgk6hdmwqroiq3nngdsfpi8kvzbm4bxiy2glcvx9r3r_LFy488ztx2_iwt2vfvfkxlynepvu10tqilcettcnglqrwc8x9q1jyyryebxsoi7rkegvxsx.jpeg)
साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने
![शनिले तोड्यो बृहस्पतिको रेकर्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/process-aws_oCIgwtt1Hn_1sgigd5j58jvnpvtaa1midfpa4iwv8lmpbrrgvbwjejiouzjnzsekp6lpf2s.webp)
शनिले तोड्यो बृहस्पतिको रेकर्ड
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news521640_bCAWmP9GnQ_uhb4ny2uwu0llsaplza8ibdwn5wgcl963i0t054s1gujy2jkcnmfb33k3qey.jpg)
![उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/351146209_816535246470157_3205667337997030356_n_lUkCoQOUNM_mdp1morhvmoep4yhmkzeyeuvczjigojvjuuvq4qomcdo96889uk3c3vd0t39.jpg)
उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित
![रिहान मिया, जाे २२ बर्ष मै उद्योग खोलेर समान निर्यात गरिरहेका छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/351257074_576471924631904_2111284774690157460_n.jpg_PwBec8fAom_6o5t1h7c9mw3d1ggwrpxrvnmjojffi9qgobx0j73gyxr4zh6m17yftlddxmj.jpg)
प्रतिक्रिया