चर्चामा केकीको फिल्म ‘बोक्सीको घर’

काठमाडाैं । वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’ यतिबेला चर्चामा छ। फिल्मको ट्रेलरदेखि गीतलाई दर्शकले निकै रुचाएका छन्।नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको एलओडीमा नयाँवर्ष मनाउन उपस्थित दर्शकमाझ पनि फिल्मको ट्रेलर देखाइएको थियो। ट्रेलर आउँदा उपस्थित अडियन्सले तालीले बजाएर तारिफ गरेका थिए।

उक्त कार्यक्रममा निर्मात्रीसमेत रहेकी केकीसहित फिल्म युनिटको उपस्थिति थियो। ‘ट्रेलर सार्वजनिक भइरहँदा उहाँहरुले ट्रेलर मनपराइदिनुभयो। मेरो अभिनयसँगै ट्रेलर मेकिङ, अन्य कलाकारको काम र त्यसमा प्रयोग गरिएको ध्वनिको तारिफ गरेको पाएँ। हामीले फिल्मको प्रचारका लागि फरक किसिमको मार्केटिङ गरिरहेका छौं। त्यही मार्केटिङको योजना अनुरुप एलओडीमा ट्रेलर देखाएका हौं।’ उनले भनिन्।

ट्रेलरसहित केही समयअघि सार्वजनिक ‘बुझिन मैले’ गीत यतिबेला सामाजिक सञ्जाल भाइरल छ। समीक्षा अधिकारीको स्वरबद्ध यस गीतलाई युट्युवमा १२ दिनमा ४२ लाखपटक हेरिएको छ। गत होलीमा सार्वजनिक केकीको ‘बोक्सी’ लुक्सले पनि उत्तिकै चर्चा पाएको थियो।

केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ माथि रहेर बनाइएको हो।नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्।फिल्ममा केकी र सुलक्षणसहित स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ। यो फिल्म सामाजिक थ्रिलर जनरामा निर्माण भएको हो। बद्रीबहादुर अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्।

प्रतिक्रिया

सम्बन्धित