बाेकेदाह्री श्रीकृष्ण लुइँटेलकाे नयाँ म्युजिक भिडियो "गाह्रो छ हौ मलाइ" सार्वजनिक (भिडियाे)

इटहरी । बाेकेदारीकाे उपनामले ख्याति प्राप्त नेपालका चर्चित कमेडियन कलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले नयाँ कमेडी म्युजिक भिडियो  "गाह्रो छ हौ मलाइ" सार्वजनिक गरेका छन् ।  उनले आफ्नो यु टुव च्यानल श्री कृष्ण लुइँटेल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन । मोरङको केराबारीस्थित विभिन्न धार्मिक पर्यटकीय स्थलहरूमा छायाङ्कन गरिएको भिडियोमा अन्य समयको भन्दा फरक र पृथक् सन्देश दिएको छ ।

अन्य भिडियो जस्तै यो पनि दर्शकले अत्यधिक रुचाउने गायक लुइँटेलको दाबी छ ।  भिडियोले वर्तमान परिस्थितिमा समाजमा भएका यथार्थ घटनाहरूलाई चित्रण गरी कथा बस्तुमा उतारिएको छ। गीतमा स्वाेर लुइँटेलकै छ भने म्युजिक पनि उनैको छ । 

प्रतिक्रिया

सम्बन्धित