`मृत्यू हाेस् न यस्ताे´ कविता नाट्यप्रस्तुतिबाट बर्बरिकले रूहाए दर्शक

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित सुकुना बहुमुखी क्याम्पसमा कवि भरत गुरागाईँ बर्बरिकले साङ्गीतिक रूपमा  अभिनय सहितको कविता वाचन  गर्दा सुकुना क्याम्पसको माहाेल एकाएक कवितामय बन्यो ।

विराट साहित्य समाज सुन्दरहरैंचाद्वारा आयोजित बर्बरिककाे बेजोड प्रस्तुतिमा अभिनय सहितको एकल कविता वाचनले  उपस्थित सबैको मन छोयो। नयाँ आयाम र शैलीका साथमा सङ्गीतले भरिएको  मार्मिक कविता रसपानले सबैको आँखा रसाए ।

`कविता भनेको यस्तो हुनु पर्छ´ भन्दै दर्शकदिर्घाबाट तारिफका साथ ताली बजी रह्यो ।   बर्बरिकले आफ्ना चर्चित कविता आमा र कैली गाई , दसैँ कहिले आउँछ , मानवताको कविता तथा मृत्यु होस न यस्तो लगायत वाचन गरेका थिए । उनलाई कवितामा सङ्गीत भरेर वाद्यवादन सहित भोलामान गुरुङले सारङ्गी, जीवन घिमिरेले बाँसुरी, अनुप दियालीले तबला तथा नितेश गुरागाईँले पियानो बजाएर साथै अन्य कलाकारले अभिनय गरेर साथ दिएका थिए ।  

 

साङ्गीतिक रूपमा  अभिनय सहित  नाट्यप्रस्तुुतिबाट बर्बरिकले कविता वाचन  गरेको कार्यक्रममा अन्य कविहरूले समेत उनका कविता प्रस्तुत  गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने  थिए । उनले बर्बरिकले नौलो शैलीबाट सङ्गीतका साथमा अभिनयद्वारा प्रस्तुत गरेको कविताबाट आफू प्रवाहित भएको उल्लेख गरे । प्रा. डा. न्यौपानेले कविता वाचन मात्र राम्रो भएर नहुने बताउँदै कवितामा सन्देश ,चेतना र परिवर्तनको सङ्केत हुन जरुरी रहेको जानकारी दिए । दीपक न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विदुर सुवेदीबाट भएको थियो । कार्यक्रम उमानाथ भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित